तीन दिन सम्मका लागि टेलिकमको एसएमएस सेवा निःशुल्क

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०७४, आईतवार १७:३७

काठमाडौं । नेपाल टेलिकमले देशभर आफ्नो नेटवर्कमा हुने एसएमएस सेवा निःशुल्क गरेको छ । बाढी पहिरोले सञ्चार सम्बन्धमा असजता आएपछि टेलिकमले यस्तो घोषणा गरेको हो ।सञ्चार मन्त्री मोहनबहादुर बस्नेले मन्त्रालयले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सूचना आदान प्रदान गर्न सहज होस् भनेर यो निर्णय गरेको जानकारी दिए ।
देशभर म्यासेज पठाउँदा कुनै शुल्क लाग्ने छैन भने आइतबारदेखि लागू भएको यो ब्यवस्था ३१ गते मंगलबारसम्म लागू हुने छ ।
टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले अत्यावश्यक काम बाहेक अन्य प्रयोगकर्तालाई अनावश्यक रुपमा एसएमएस नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१