बाढीपहिरोमा परी अहिलेसम्म ५१ जनाको मृत्यु, ३६ बेपत्ता,३ हजार ५ सय ६१ घरपरिवार विस्थापित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०७४, आईतवार १७:१९

काठमाडौं । लगातारको बर्षाका कारण देशभर आएको बाढी पहिरोमा परि अहिलेसम्म ५१ जनाको मृत्यु भएको छ भने बेपत्ताको संख्या ३६ पुगेको छ ।   त्यस्तै बाढी पहिरो र डुवानबाट ३ हजार ५ सय ६१ घरपरिवार विस्थापित भएका छन् भने २० जना घाइते भएका छन् ।

गृहमन्त्रालयले प्राप्त गरेको विवरण अनुसार बाढी पहिरोमा परि निधन हुनेमा सन्धुलीमा ४, सुनसरीमा ८ ,बाँकेमा ४ ,बारा १ ,सर्लाही २ ,मोरङ ५ ,धनुषा १ बर्दिया १ झापा ३ मकवानपुर ६ रौतहट ८ पाँचथर १ दाङ २ पाल्पा १ कपिलवस्तु १ सुर्खेत चितवन १ छन । अन्य विवरण आउन बाँकी रहेको गृहमन्त्रालययले जनाएको छ ।बाढी पहिरोबाट सवैभन्दा बढि मानवीय क्षति रौतहट जिल्लामा भएको छ । रौतहटमा ८ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता र २ जना घाइते भएका छन् भने ९५ घरपरिवार विस्थापित भएका छन् । त्यसपछि सुनसरीमा धेरै मानवीय क्षति भएको छ । सुनसरीमा ८ जनाको मृत्यु, ५ जना बेपत्ता र ३ जना घाइते भएका छन् । मोरङमा पनि ५ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता हुनुका साथै १२०० परिवार विसथापित बनेका छन् ।

मन्त्रालयका अनुसार बाढी, पहिरो र डुवानबाट २३ जिल्ला बढि प्रभावित बनेका छन् । सिन्धुली, सुनसरी, बाँके, बारा, सर्लाही, मोरङ, धनुषा, बर्दिया, सप्तरी, झापा, मकवानपुर, पर्सा, रौतहट, पाँचथर, दाङ, पाल्पा, धादिङ, कपिलवस्तु, सुर्खेत, ललितपुर, चितवनलगायतका जिल्लामा आएको बाढी र पहिरोका कारण ती जिल्लाको जनजीवन कस्टकर र अस्तव्यस्त भएको गृहमन्त्रालयले जनाएको छ।

 

त्यस्तै सिन्धुलीमा ४, बाँकेमा ३, सर्लाहीमा २, बारा, धनुषा,बर्दिया, पाँचथर, पाल्पा, कपिलबस्तु र चितवनमा एकएकजनाको मृत्यु भएको छ । त्यसैगरी झापा ३ मृत्यु ३ बेपत्ता तथा मकवानपुर २ मृत्यु ८ वेपत्ता भएका छन् । दाङ र सुर्खेतमा २÷३ जनाको मृत्यु भएको छ । बाढीबाट मोरङमा १२ सय, नवलपरासीमा १२०, धनुषामा २०, बर्दिया १३६, सप्तरीमा ३००,झापा १२०० सय पर्सा ३ रौतहट ९५, दाङ ४५२, र धादिङ ३४ घरपरिवार विस्थापित बनेका छन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१