सौराह डुबानमा

चितवन । पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् ।

शनिबार साँझदेखि राप्ति किनारका पब, रेस्टुरेन्ट र होटलहरु पानीले डुबेका हुन् । कतिपय होटलका पहिलो तलाको पूरै भागसमेत डुबानमा परेको छ  । पार्किङ गरिएका गाडी, मोटरसाइकल, साइकललगायत सवारीसाधन सबै डुबेका छन् ।

नारायणी, राप्ती, रिउलगायतका नदी बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन सबैमा अपिल गरेको छ ।

आइतवार, साउन २९, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री