भारतले खोलेन ढोका : बाँकेमा तीन बालिकाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०७४, आईतवार ०७:०६

नेपालजञ्ज । राप्ती नदी अहिलेसम्मकै सबैभन्दा बढी उर्लिएको छ । २५ बर्षपछि यस्तो देखिएको हो, नदीमा यति ठूलो बाढी आएको थिएन ।ु डुडुवा गाउँपालिका २ का राम किशोरीप्रसाद केवडले भने ।

राप्ती नदीको बाढी सोनारी गाउँमापिलकामा पस्दा एउटै घरका १२ बर्षीया अञ्जु थारु, ९ बर्षीया सरिता थारु र ७ बर्षकी सुस्मिता थारुको मृत्यु भएको छ ।

प्रहरीले पहिचान नखुलेको एक पुरुषको शव फेला पारेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

भारतले बनाएको लक्ष्मणपुर बाँधका कारण बाँकेमा यो समस्या आएको हो । बाढी आउँदा उसले ढोका खोल्दैन । यो एउटा राष्ट्रिय समस्या नै हो । यसैका कारण बाँके बर्सेनी डुबानमा पर्दै आएको छ । हामीले शनिबार पनि भारतीय पक्षसँग कुरा गर्न खोज्यौं तर सम्पर्क भएन ।
कृष्णबहादुर खड्का, निमित्त प्रमुख जिल्ला अधिकारी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१