कपाल, दाँत र नङ नै नभएकी मोडल : रोर्बटभन्दा कम छैनन् तर रोबर्ट होइनन् , कारण यस्तो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०७४, आईतवार ०६:४२

एजेन्सी । कपाल, दाँत र नङ नै नभएकी युवती मोडल बन्न सफल छ रु अमेरिकाकी २८ वर्षीया सुन्दरी मेलनी गेडोस ले त्यो कुरालाई प्रमाणित गरेर देखाएकी छिन् । यि सुन्दरीले एक दुर्लभ डिस्प्लेशिया अनुवांसिक विकारका कारण यस्ती छिन् । २८ वर्षीया सुन्दरी गेडोस एक्टोडर्मल डिस्प्लेशिया नामक रोगका कारण कपाल , नङ, दाँत लगायतबाट बञ्चित छिन् ।

यो रोगका कारण उनको कपाल, दाँत, नङ, हड्डी, छाला र ग्रन्थीको विकासमा नराम्रो असर परेको छ । यो गम्भिर रोगबाट छुटकारा पाउनका लागी उनले वाल्यकालमा नै ४० शल्यक्रिया गर्नुपरेको थियो तर पनि उनलाई निको भएन ।

लक्षणको आधारमा एक्टोडर्मल डिस्प्लेशिया १ सय ८० प्रकारका हुन्छन् । यसको साधारण असरमा पसिना नबन्नु र शरिरमा तापक्रम नियन्त्रित नहुनु पनि पर्दछ । मेलनीले यस्तो समस्या पनि झेल्नुपर्छ । उनले धेरैभन्दा धेरै पानी पिउनुपर्छ र उनी छायाँ र एयरकन्डिसनमा बस्नुपर्ने हुन्छ । यसो नगरे उनको स्वास्थ्यमा गम्भीर समस्या देखिन सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१