मेदनीको मर्मस्पर्शी गित “डाँडा काटी आए पनि”को भिडियो सार्वजनिक (भिडियो सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ श्रावण २०७४, शनिबार १८:०९

काठमाडौँ -बिजया शर्मा दंगालको प्रस्तुतिमा हृदयस्पर्शी गित “डाँडा काटी आए पनि” बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतमा नेपाली लोक सांगितीक बजारमा नयाँ परिचय बोकेर आएका कलाकार मेदनी दंगाल तथा बानीका प्रधानको सुमधुर स्वर रहेको छ ।

कोमल भट्टको  उत्कृष्ट शव्द सिर्जनामा रहेको यस गितको अभिनय निर्देशन सागर सुब्बाको रहेको छ भने संगीत बालन्द राईको रहेको छ  ।  यस मार्मिक गितमा  अवसरको खोजीमा परदेशीएका नेपाली दाजुभाई दिदीबहिनीको कहानीलाई देखाईएको छ । गीतमा शब्द रचना अत्यन्त मार्मिक एवम समय सान्दर्भिक रहेको छ । परदेशमा रहेका नेपालीहरुका बाध्यता विवशतालाई भिडियोमा अत्यन्त कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

“सबै मिली काम गरे आफ्नै देश बन्छ
नबस्नु है बिदेशमा हृदयले भन्छ।”

भिडियो हेर्नुहोस 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१