मानब बेचबिखन बिरुद्धको २० बर्षे ऐतिहासिक पुस्तक सार्बजिनक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ श्रावण २०७४, शुक्रबार १८:१४

काठमाडौ । मानब बेचबिखन बिरुद्ध संचालित २० बर्षे अभियानको इतिहास प्रष्ट रुपमा झल्किने गरी मानब बेचबिखन बिरुद्ध एटवीनको २० बर्ष नामक पुस्तक सार्बजनिक भएको छ ।
महिला  तथा बालबालिका बेचबिखन बिरुद्ध सहकर्मी समुह एट्वीनको बार्षिक साधारण सभाको अबसरमा लोकार्पण गरिएको सो पुस्तकमा मानब बेचबिखन बिरुद्ध बितेको २० बर्षमा के भयो , अहिले मानब बेचबिखनको अबस्था कस्तो , राज्यले कस्तो निर्बाह गरिरहेको छ , नागरिक समाजको भुमिका के हुनृु पर्छ , मानब बेचबिखन नियन्त्रणका लागि कस्ता कस्ता कानुन बनेका छन , ती ऐन कानुन कार्यान्वयनको अबस्था कस्तो रहेको भन्ने लगायतका मानब बेचबिखन सबन्धी सम्पुर्ण बिषय समेटिएको छ ।
मानब अधिकार , महिला अधिकार , बाल अधिकारका बिषयमा कार्यरत तीन दर्जन संस्थाहरुको नेटवर्क एट्वीनले आफनो इतिहासमा पहिलो पटक प्रकाशन भएको पुस्तक मानब बेचबिखन बिरुद्ध अध्ययन अनुसन्धानका लागि ऐतिहासिक सामग्री हुने बिश्वास गरिएको छ ।
राष्ट्रिय मानब अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा , राष्टिय महिला आयोगकी कार्यबाहक अध्यक्ष भगवती घिमिरे, बरिष्ठ मानब अधिकारकर्मी शर्मिला कार्की , दुर्गा घिमिरे, डा रेणुराज भण्डारी , अनुराधा कोइराला , गौरी प्रधान , सुबोध प्याकुरेल , बरिष्ठ पत्रकार टंक पन्त , मेचम्चि नगरपालिकाका उपप्रमुख भगवती नेपाल , उच्च अदालत पाटनका न्यायाधीश टेकनारायण कुवर, एटवीनका अध्यक्ष मीना बिष्ट सहित सबै बिधाका बरिष्ठ ब्याक्तित्वहरुले सो पुस्तक लोकार्पण गर्दे बर्तमान नेतृत्वले एटवीनकै इतिहासमा अनुकरणीय र ऐतिहासिक काम गरेको उल्लेख गर्नुभएको छ ।

बरिष्ठ बालअधिकारकर्मी कुमार भटराइले सचालन गर्नुभएको कार्यक्रममा बिशिष्ट बक्ताहरुले मानब बेचबिखनको स्वरुपमा परिबर्तन , मानब बेचबिखन गरीब अशिक्षाबाट मात्र नभएर पासपोर्ट लेभलमा समेत हुन थालेकोले यसको निराकरणका लागि राज्य देखि सबै सरोकारवाला पक्षले गभीरतापुर्बक लिनुपर्ने कुरामा जोड दिएका छन ।
मानब बेचबिखन बिरुद्धको अभियानमा महत्वपुर्ण योगदान पु¥याउन्हुने शक्ति समुहका संस्थापक सुनिता दनुवार , चरिमाया तामाङ , एटवीनमा प्रारंभ देखि नै कार्यरत एट्वीनकी कार्यकारी निर्देशक बेनुमाया गुरुङ, मेलम्चि नगरपालिकाकी उपप्रमुख एवं यो अभियानमा प्रारंभ देखि लागेकी भगवती नेपाललाई सम्मान गरिएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१