आमिर र किरणपछि अर्की यि सुन्दरी नायिका पनि बनिन् स्वाइन फ्लूको शिकार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ श्रावण २०७४, शुक्रबार ०७:४३

काठमाडौं । बलिउड अभिनेता आमिर खान र उनकी पत्नि किरणलाई स्वाइन फ्लूको संक्रमण भएको खबर आए लगत्तै अर्की सुन्दरी नायिका पनि यो रोगको संक्रमणमा परेकी छिन् । भारतमा स्वाइन फ्लु निकै तीव्रताका साथ फैलिरहेका बेला नायिका ऋचा चड्डालाई पनि स्वाइन फ्लु भएको खबर भारतीय अनलाइन मिडियाले उल्लेख गरेका छन् । ऋचाले आफू अमेरिकाबाट फर्किनेबित्तिकै बिरामी परेको र परीक्षण गर्दा स्वाइन फ्लु देखिएको बताएकी छिन् ।

‘अमेरिकाबाट फर्किनेबित्तिकै म बिरामी परेँ । ऋचाको स्वास्थ्य परीक्षण गर्दा एन वान एन वान भाइरस पोजेटिभ देखियो,’ ऋचाले भनेकी छिन्, ‘उपचारपछि म अहिले हल्का हिँड्न सक्ने भएकी छु । मेरो फिल्म ‘फुकरे रिटन्र्स’ ८ सेप्टेम्बरमा रिलिज हुँदै छ । त्यसैले म जसरी पनि निको हुनुपर्छ ।’

फुकरे रिटन्र्स सन् २०१३ को ‘फुकरे’ फिल्मको सिक्वेल हो । फिल्ममा ऋचाका साथ पुलकित सम्राट, अली फजल, मञ्जोत सिंह, वरुण शर्मालगायतले अभिनय गरेका छन् । बलिउड सुपरस्टार आमिर खान र उनकी पत्नी किरण राव स्वाइन फ्लुबाट पीडित छन् । हाल उनीहरूको उपचार भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१