किन दुख्छ बालबालिकाको पेट ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ श्रावण २०७४, बुधबार १२:०८

एजेन्सी ।पेटभित्रका अङ्गहरु तथा पेटको भित्रि पत्र एवं बाह्य छाला एवम् मांसपेशीमा कुनै समस्या भएर पेट दुख्छ । बालबालिकाको कहिलेकाहीँ बिना कारण पनि पेट दुख्न सक्छ ।

पेटको भित्रि अङ्गहरु तथा बाहिरको छाला एवं मांसपशीमा भएको पिडा मेरुदण्डमा रहेको स्नायु प्रणाली हुँदै गिदीमा पुग्दछ र पिडा महसुुस हुन्छ । माथिल्लो पेट दुखेको भए आमाशय, पित्त थैली, कलेजो, फियोमा समस्या हुनसक्छ । दायाँ वा बायाँ साइडतिर पेट दुखेको भए मृगौला वा ठूलो आन्द्रामा समस्या हुनसक्छ । तल्लो पेटमा दुखेको भए मुत्रथैली, पाठेघर, डिम्बबाहिनी नलीमा समस्या भएको हुनसक्छ ।

जुका पर्दा, सानो आन्द्रामा समस्या हँदा वा एपेण्डिक्स सुन्निँदा नाइटो वरिपरि दुख्छ । मुत्र नलीमा पत्थरी हुँदा वा एपेण्डिस सुन्निँदा पेट दुखाइ एक ठाउँमा सर्दछ भने हर्नियाले गर्दा तल्लो पेटको छेउतिर भारी भहसुुस हुन्छ । झाडापखाला, आउँ, रगतमासी जस्ता रोग लाग्दा वा पित्त थैली, एपेन्डिक्स जस्तै भित्रि अङ्गहरु सुजन भई पेट दुख्दा उल्टी आउने, ज्वरो आउने हुनसक्छ । आन्द्राको भित्रि तहमा चिडचिडाहट हुँदा, कब्जियत हुँदा, ल्याक्टोजन नपच्ने बेथा लाग्दाको पेट दुखाइ छुट्टै खालको हुन्छ ।

दिसा, पिसाबको सामान्य जाँच, रगतको जाँच, एक्सरे, इन्डोस्कोपी तथा अल्ट्रासाउन्डको मद्धतले ठ्याक्कै पेट दुख्नुको कारण पत्ता लगाउन सकिन्छ । पेट दुखाइको कारण अनुसार नै औषधी खुवाएर वा शल्यक्रिया गरेर पेट दुख्ने समस्याको निराकरण गर्नुपर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१