भिलेनका कुरा : रेप गर्दा गाउँमा बेइज्जत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ श्रावण २०७४, सोमबार ०८:०२

काठमाडौँ २३ साउन। चार दर्जनभन्दा बढी फिल्ममा खलचरित्र गरिसकेका उमेश खड्काले पछिल्लो समय केही फिल्ममा सकारात्कम भूमिकासमेत निर्वाह गर्ने गरेका छन् ।

उनको अभिनय यात्राबारे आजको नयाँ पत्रिकामा अन्तर्वाता छापिएको छ । लक्ष्मण सुवेदीसँगको कुराकानीमा खड्काले भनेका छन्,
मैले झन्डै एक दर्जन फिल्ममा रेप सिनमा अभिनय गरेको छु ।
खासमा मलाई बलात्कारको दृश्य गर्नैनपरे हुन्थ्यो भन्ने लाग्छ । तर के गनुृ कलाकार हुँ, त्यसमा पनि भिलेन, कथाको मागअनुसार काम त गर्नै पर्यो ।

गंगाजल फिल्ममा एउटा बलात्कारको सिन छ । फिल्मको सुटिङ मेरो गाउँ दधिकोट आसपास भएको थियो ।

 

सुटिङ हेर्न दुई सयभन्दा बढी छरछिमेकी, आफन्त झुम्मिएका थिए । मैले बालिका दीप्ति गिरीलाई रेप गर्नुपर्ने थियो । सट दिनेबित्तिकै म घरभित्र छिरिहाल्थेँ ।

त्यो सिन खिच्न धेरै समय लाग्यो । आफ्नै गाउँमा भएकोले होला, मलाई निकै अप्ठ्यारो महसुस भयो । बहुत कसरतका साथ त्यो सिन सकियो ।

सुटिङ सकिएको धेरै दिनसम्म पनि गाउँका महिलाले फलानोको छोरो, फलानो त बदमास रैछ , खत्तम रैछ, बालिकालाई त्यस्तो गर्दोरहेछ भनेर मेरो कुरा काट्न थाले । उनीहरुले त्यसलाई सँच्चै ठानेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०