तरकारी र फलफूलको मूल्य ह्वात्तै बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० श्रावण २०७४, शुक्रबार ०७:०२

काठमाडौँ । नेपालगञ्जमा तरकारी र फलफूलको मूल्य ह्वात्तै बढेको छ । बर्षायाममा तरकारी उत्पादन घटेपछि मूल्य बढेको हो ।

दुई गुणासम्म वृद्धि
केही तरकारीको मूल्य दुई गुणासम्म बढेको छ । त्यसैगरी फलफूलको भाउ पनि आकासिएको व्यवसायीहरुले बताउँछन् ।

उपभोक्ता भन्छन्स्
एक सय रुपैयाँ पर्ने स्याउको खुद्रा मूल्य एक सय ६५ पुगेको छ । केराको भाउ पनि दर्जनको ४८ बाट ७७ रुपैयाँ पर्न थालेको छ । एक किलो आँप एक सयमा पाइनेमा हिजोआज एक सय ६० रुपैयाँ पुगेको उपभोक्ताले बताए ।

तरकारीमा पनि मूल्यवृद्धि
त्यस्तै बजारमा ४० रुपैयाँ किलो पाइने गोलभेडा बढेर ८० रुपैयाँ, काउली ३० रुपैयाँ किलोबाट ६० रुपैयाँ पुगेको खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०