रोनाल्डोले कहिले कति कर छले ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० श्रावण २०७४, शुक्रबार ०६:५६

एजेन्सी ।  स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो कर छली प्रकरणमा अदालतमा उपस्थित भएका छन् । एक महिनाअघि म्याड्रिड अपराध अभियोजन संस्थाले रोनाल्डोले लाखौँ पाउन्ड कर छली गरेको भन्दै मुद्दा दायर गरेको थियो ।

अदालतमा बोले, मिडियाबाट भागे
१४ करोड ७० लाख युरो कर छलेको आरोप लागेका रोनाल्डो सोमबार बिहान अदालतमा हाजिर भएका थिए । उनले पहिलो दिन अदालतमा ९० मिनेट बिताएका थिए । मातृभाषा पोर्चुगिजमा बोल्ने सुविधा भए पनि रोनाल्डोले अदालतमा स्पेनिस भाषामा बोलेका थिए । पहिलो दिन अदालती प्रक्रियामा भाग लिएपछि अदातलबाहिर उपस्थित भएका पत्रकारलाई रोनाल्डोले कुनै प्रतिक्रिया दिएनन् । अदालत परिसरमा दुई सयभन्दा बढी पत्रकार समाचार संकलनका लागि उपस्थित भए पनि रोनाल्डो हतारहतार मिडियाबाट ओझेल परेका थिए ।

रोनाल्डोका वकिलले भने प्रतिक्रिया दिए । रोनाल्डोका तर्फबाट बोलेका वकिलले भने, ‘सबै प्रक्रिया राम्रो चल्यो, अहिले उहाँ सीधै घर जानुभएको हो ।’ यता रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेसले विज्ञप्ति निकालेको छ । पहिलो दिनको प्रक्रिया सकिएलगत्तै निकालिएको विज्ञप्तिमा रोनाल्डोले कर छलेको पुष्टि हुने कुनै कानुनी आधार नभएको दाबी गरिएको छ ।

मेसीकै जति सजाय हुने
यसअघि स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनल मेसीले कर छलेको पुष्टि भएको थियो । गत वर्ष बार्सिलोनाको एक अदालतले मेसी तथा उनका बुबा जोर्गे मेसीले कर छल गरेको ठहर गर्दै २१ महिनाको जेल सजाय तथा ४७ करोड रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । दुवैले दुई वर्षभित्र ३ करोड ४० लाख पाउन्ड कर छलेको अदालतले ठहर गरेको थियो । तर, मेसीले पैसा बुझाएर जेल जानुपर्ने सजाय कट्टी गराएका थिए । रोनाल्डोले मेसीको भन्दा बढी कर छले पनि उनीमाथि लागेको अभियोग अहिंसात्मक हो । त्यसैले रोनाल्डो दोषी ठहर भएमा उनलाई पनि मेसीजतिकै सजाय हुनेछ ।

रियललाई असर
कर छलीको आरोप लागेलगत्तै रोनाल्डोले रियल म्याड्रिड छाड्ने मनस्थिति बनाएका थिए । आफू निर्दोष रहेको बताउँदै आएका रोनाल्डो स्पेनको कर झमेलाका कारण स्पेन छाड्ने मनस्थितिमा पुगेको समाचार सार्वजनिक भएका थिए । रोनाल्डोले रियलको भूमिकामाथि पनि असन्तुष्टि जनाएका थिए । लगत्तै रोनाल्डोलाई भित्रयाउन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले प्रक्रिया अघि बढाएका थिए । तर, प्रक्रिया स्वाभाविक रूपमा अघि
बढ्न सकेन । यो सिजन रोनाल्डो रियलमै रहने पक्काजस्तै भए पनि अदालती प्रक्रिया भने जारी रहनेछ । जसले रोनाल्डोको खेललाई असर गर्नेछ । जसले गर्दा रियल म्याड्रिडको लक्ष्यलाई समेत धक्का दिन सक्नेछ । ३३ वर्षीय रोनाल्डो र रियलबीचको सम्झौता अझै चार वर्ष बाँकी छ ।

रोनाल्डोले कहिले र कति कर छले रु
रोनाल्डोले चार वर्षको अवधिमा १४ करोड ७० लाख युरो कर नतिरेको म्याड्रिड अपराध अभियोजन संस्थाको आरोप छ । रोनाल्डोले सन् २०११ देखि ०१४ सम्म कर नतिरेको भन्दै जुन पहिलो साता मुद्दा दायर गरिएको थियो । रियलबाट प्रतिसाता ३ लाख ६५ हजार पाउन्ड पारिश्रमिक लिने रोनाल्डोले आफ्नो वास्तविक आम्दानी लुकाएको दाबी छ । पारिश्रमिकबाहेक रोनाल्डोले विज्ञापनबाट कमाएको रकमको पनि कर नतिरेको बताइएको छ ।नयाँ पत्रिकामा खबर ।

मिति कर रकम

सन् २०११ १ करोड ३९ लाख युरो

२०१२ १ करोड ६६ लाख युरो

२०१३ ३ करोड २० लाख युरो

सन् २०१४ ८ करोड ५० लाख युरो

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१