नेपालमा बसेर अस्ट्रेलियामा आतंक मचाउने शाह व्यूरोको हिरासतमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० श्रावण २०७४, शुक्रबार ०६:५१

काठमाडौं । उच्च शिक्षा र आर्थिक रुपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोको हिरासतमा छन् ।

 

उनीविरुद्ध नेपालमा मात्रै हैन, अस्ट्रेलियामा समेत अनुसन्धान भइरहेको छ ।

जर्मनीमा रहेका नेपाली नागरिक आत्मराम थपलियालाई नेपाल ल्याउन ब्यूरोले प्रक्रिया सुरु गरेको छ । उनलाई नेपाल डिपोर्ट गराउन ब्यूरोले जर्मनीमा रहेको इन्टरपोल शाखासँग पत्राचार गरिसकेको छ ।

मलेसियामा रहेका २ नेपालीलाई झिकाउने प्रक्रिया अगाडि बढिसकेको छ । ब्यूरोले उनीहरुलाई फर्काउन मलेसियामा रहेको इन्टरपोल शाखासँग समन्वय गरिरहेको छ ।

सामाजिक सञ्जालमार्फत आवेश र आक्रोस पोख्ने क्रममा शब्दको ख्याल नगर्दा बर्सेनि ५० भन्दा बढी नेपाली पक्राउ गरिहेका छन् । यो प्रवृत्तिबाट विभिन्न उद्देश्यले विदेशिएका नेपालीसमेत जोगिन सकेका छैनन् ।

अस्ट्रेलियामा एसएमएस आतंक

छातीमा गोली हानेर शव टुक्रा पारेर फाल्ने सन्देशले अस्ट्रेलियामा आतंक मच्चियो । एसएमएस पाउने व्यक्तिको संख्या बढेसँगै अस्ट्रेलियाको प्रहरीमा उजुरी संख्या बढ्यो ।

युरोप र अमेरिकी मुलुकमा आतंकवादी घटना बढिरहेको अवस्थामा यस्तो सन्देशले सनसनी मच्चाएपछि अस्ट्रेलियाली प्रहरीले अनुसन्धान अगाडि बढायो । अनुसन्धानमा सन्देशको उदगमस्थल नेपाल देखिएपछि इन्टरपोलमार्फत नेपाल प्रहरीमा सन्देशसहितको रिपोर्ट आयो । केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गर्दा लहानमा रहेको कुमुदप्रसाद शाह पक्राउ परे । –नागरिक दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१