नेपाल पर्वतारोहण संघको निर्वाचन–२०१७  जिम्बा जाङ्बू शेर्पा प्यानलको परिचय हेर्नुस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० श्रावण २०७४, शुक्रबार ०५:५९

१ . जिम्वा जाङ्बू शेर्पा
अध्यक्षका प्रत्यासी
नेपाल पर्वतारोहण संघको सम्पूर्ण तालिमहरु प्राप्त गरी फ्रान्सको इन्साबाट Diploma in Mountaineering गरेका पहिलो नेपाली माउन्टेनरिङ गाइड जिम्वा जाङ्बू शेर्पा पर्वतीय पर्यटन क्षेत्रमा तेस्रो पुस्ताको प्रतिनिधित्व गर्नु हुन्छ । उहाँका हजुरबुबा र बुवा दुवै माउन्टेनरिङ गाइड हुनुहुन्थ्यो । लगातार ४० बर्षदेखि पर्वतिय पर्यटन क्षेत्रमा सकृय खुम्जुंग, सोलुखुम्बुका शेर्पाले देशभित्र र देशबाहिरका धेरै हिमालहरुको आरोहण पनि गरिसक्नु भएको छ । पर्वतिय पर्यटन र समाजसेवासँग सम्बन्धित दर्जनौं संघसंस्थाहरुमा संलग्न शेर्पा युनियन अफ एशियन अल्पाइन एशोसिएसन (UAAA) को पूर्व उपाध्यक्ष हुनुहुन्छ । UIAAA को मेनेजमेन्ट कमिटीका सदस्य शेर्पाँ नेपाल पर्वतारोहण संघको पूर्व अध्यक्ष पनि हुनुहुन्छ । राष्ट्रिय–अन्र्तराष्ट्रिय रुपले पर्वतिय पर्यटनको क्षेत्रमा लामो अनुभव र नेतृत्व गरिसक्नुभएका शेर्पाको व्यापक जनसम्पर्क, संघप्रतिको लगनशीलता र उहाँप्रति आममतदाताको विश्वास र भरोसा नै जिम्वा जाङ्बू शेर्पा नेतृत्व समूहले विजय प्राप्त गर्ने स्पस्ट लक्षण हो ।

२ .भूमिलाल लामा
प्रथम उपाध्यक्षका प्रत्यासी
Master in Business Management गर्नुभएका भद्र भूमिलाल लामाले सन् १९७७ देखि पर्वतिय पर्यटन उद्योगमा कार्यरत रही नेपाल पर्वतारोहण संघमार्फत पर्वतिय पर्यटनमा आफ्ना अनुभवद्धारा महत्वपूर्ण योगदान दिदै आउनुभएको छ । मुसरनिया, सिरहाका लामा संघको महासचिव र द्धितिय उपाध्यक्ष हुँदै ती जिम्मेवारीमा हुँदा संगालेका अनुभवहरुद्धारा नेपालको पर्वतिय पर्यटनको विकासमा अझ सशक्त भएर लाग्ने उद्धेश्यसहित यस पटक प्रथम उपाध्यक्षका प्रत्यासी हुनुभएको छ । युनियन अफ एशियन अल्पाइन एशोसिएसन (UAAA) का संस्थापक सदस्य लामा हिमालयन रेस्क्यु एशोसिएसन (HRA) का पनि सदस्य र NARA को महासचिव पनि हुनुहुन्थ्यो । लेखरचना र विचारहरुद्धारा पर्वतिय पर्यटनको विकासमा योगदान पु¥याउँदै राष्ट्रिय–अन्र्तराष्ट्रिय हैसियत कमाउनुभएका लामाको अनुभव संघको गतिशील नेतृत्वका लागि महत्वपूर्ण र उपयोगी हुनेछ ।

३ .ङिमी शेर्पा
द्धितीय उपाध्यक्षकी प्रत्यासी
नेपालको पहिलो महिला पर्वतारोही ङिमी शेर्पा ३ दशकभन्दा बढी समयदेखि पर्वतिय पर्यटन क्षेत्रमा सकृय हुनुहुन्छ । २७ बर्षको उमेरमै एनएमएमा पहिलो महिला सदस्यको रुपमा सबैभन्दा बढी मतले विजयी हुनु भएकी शेर्पा नेपाल पर्यटन बोर्डको सदस्य भई नेपालको पर्यटन क्षेत्रलाई आफ्नो नेतृत्व प्रदान गरिसक्नुभएको छ । टानमा दुई पटक कार्यसमिति सदस्य भइसक्नुभएकी उहाँ नेपाल शेर्पा महिला संघको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । नेपाल राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको निवर्तमान अध्यक्ष उहाँ हिमाल शेर्पा कल्चरको संस्थापक सदस्य पनि हुनुहुन्छ । त्यसैगरी उहाँ नेपाल शेर्पा विद्यार्थी मञ्च, शेर्पा सेवा केन्द्र, नेपाल बौद्ध महासंघ, बौद्ध न्युङ्मा संघ, राष्ट्रिय युवा आदिवासी महासंघ लगायत अरु थुप्रै संघ–संस्थाका सल्लाहकार पनि हुनुहुन्छ । सगरमाथा, नुप्चे, मकालु, फ्रान्सको मोप्लाङ आदि थुपै्र शिखरको शानदार आरोहण गरिसक्नुभएकी उहाँ फ्रान्सको इक्वेल नेसनलबाट बेसिक र एडभान्स माउन्टेनरिङ टे«निङ गर्ने पहिलो नेपाली महिला पनि हुनुहुन्छ । आरोहण, पर्यटन र अन्य थुप्रै संघ संस्थाहरुमा नेतृत्व प्रदान गरी खारिएकी शेर्पाको नेतृत्व नेपाल पर्वतारोहण संघले प्राप्त गर्न सके उहाँ यस संघको कार्यसमितीमा पहिलो महिला पदाधिकारी पनि हुनु हुनेछ । आम मतदाताहरुले उहाँको उमेदवारीप्रति देखाएको चाँसो र प्रशंसाले उहाँको विजय सुनिश्चित देखिन्छ ।

४ .कूलबहादुर गुरुङ्
महासचिवका प्रत्यासी
गणेश हिमालको फेद रुवी भ्यालीका कूलबहादुर गुरुङ् टानका निवर्तमान द्धितिय उपाध्यक्ष हुनहुन्छ । गणेश हिमाल पर्यटन विकास समितिका संस्थापक अध्यक्ष उहाँ गुरुङ पर्यटन व्यवसायी संघ, नेपालका पनि संस्थापक अध्यक्ष नै हुनहुन्छ । हिमाली समुदाय जलवायु मैत्री संगठनका सचिव उहाँ नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट ९नाथम०मा टे«किङ गाइड प्रशिक्षक पनि हुनुहुन्छ । व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गुरुङ् झन्डै ३ दशकदेखि यो क्षेत्रमा सकृय हुनहुन्छ । झन्डै ६ दर्जन सम्मानबाट सम्मानित उहाँ धादिङको रुवीभ्यालीसहितको पर्यटन प्रवद्र्धन अभियन्ता हुनुहन्छ । मिलनसार, मृदुभाषी र मिजासिला गुरुङ्को उमेदवारी स्वयमको इच्छाभन्दा बढी मतदाताहरुको चाहना भएकोले उहाँको विजय सुनिश्चित देखिन्छ ।

५ .फुपु (पी) छेवाङ शेर्पा
सचिवका प्रत्यासी
विश्वको तेस्रो अग्लो शिखर कन्चनजंघा । त्यसैको काखमा फुपु ९पी० छेवाङ शेर्पाको बाल्यकाल बित्यो । तर, त्यहाँ आरोहणको कुनै चेतना थिएन । उहाँ अपवाद बन्नुभयो । उहाँले आरोहणलाई आफ्नो क्षेत्र बनाउनुभयो । उहाँले भरियाबाट आफ्नो करिअर सुरु गर्नुभयो । त्यसपछि कुक, शेर्पा हुँदै गाइड मात्र हुनुभएन, त्यसैलाई व्यवसाय पनि बनाउनुभयो । ३ दशकभन्दा बढी समयदेखि यो क्षेत्रमा सक्रिय उहाँ शेर्पा समुदायबाट अलास्काको देनाली हिमालको सफल आरोहण गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । उहाँ युरोपमा समेत क्लाइम्बिङ गाइडको रुपमा चिनिनु हुन्छ । पद प्राप्तिको हिसाबले खासै महत्वाकाँक्षा नराख्ने मिलनसार, मृदुभाषाी कर्मवीर फुपु ९पी० छेवाङ शेर्पा संघका मतदाताहरुका बीचमा उपयुक्त छनोटको पात्र हुनुहुन्छ ।

६ .विमल कुमार नहर्की
कोषाध्यक्षका प्रत्यासी
नेपाल पर्वतारोहण संघको वर्तमान कार्यसमिति सदस्य विमल कुमार नहर्की झन्डै ३ दशकदेखि पर्वतिय पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । धादिङ, नलाङ निवासी नहर्की कर्मशमा स्नातक हुनहुन्छ । पर्यापर्यटन संरक्षणका लागि कृयाशील काठमान्डु इन्भायरमेन्टल एजुकेशनल प्रोजेक्ट (KEEP) का वर्तमान अध्यक्ष नहर्की कैलाश टुर अपरेटर्स् नेपालका पूर्व महासचिव पनि हुनुहुन्छ । मिलनसार र स्पस्टवक्ताका रुपमा आफ्नो परिचय बनाउनु भएका विमलकुमार नहर्की आम मतदाताले रुचाएको उमेदवारको रुपमा चर्चित हुनुहुन्छ ।

७ .प्रा.डा.हरिप्रसाद श्रेष्ठ
सदस्यका प्रत्यासी
झन्डै ४ दशकदेखि त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्दै आउनुभएका प्राध्यापक हरिप्रसाद श्रेष्ठले ‘टुरिजम मार्केटिङ इन नेपाल’ विषयमा पिएचडी गर्नु भएको छ । पर्वतिय पर्यटन विषयमा लगातार अध्ययन–अनुसन्धान गर्दै आउनुभएका श्रेष्ठका ‘टुरिजम इन नेपाल : मार्केटिङ च्यालेन्जेज’ र ‘टुरिजम मार्केटिङ इन नेपाल’लगायत अरु विभिन्न विषयका अरु थुप्रै पुस्तक, अनुसन्धान तथा लेख–रचना पनि प्रकाशित छन् । नेपाल पर्वतारोहण संघका कार्यसमिति सदस्य र प्रकाशन तथा प्रचार प्रसार समितिको संयोजक रहनुभएका प्राज्ञिक व्यक्तित्व श्रेष्ठ संघबाट प्रकाशन हुने ‘नेपाल पर्वत पत्रिका’को सम्पादक पनि हुनुहुन्छ । भद्र र शालीन व्यक्तित्वको चिनारी बनाउन सफल पर्यटन विज्ञ श्रेष्ठको नेतृत्व नेपाल पर्वतारोहण संघमा अत्यावश्यक रहेको मतदाताहरुको बुझाई छ ।

८ .देवीप्रसाद पन्त
सदस्यका प्रत्यासी
रेडियो, टेलिभिजन, छापा र अनलाइनमार्फत २ दशकदेखि पर्यटन पत्रकारितामा सक्रिय देवीप्रसाद पन्त पर्यटन पत्रकार संघ (जाट) का अध्यक्ष पनि हुनुहुन्छ । नेपाल पर्वतारोहण संघको प्रतिष्ठित दावा नुर्व पर्वतिय पर्यटन पुरस्कारबाट पुरस्कृत पन्त काठमान्डु इन्भायरमेन्टल एजुकेशनल प्रोजेक्ट (KEEP) को उपाध्यक्ष पनि हुनु हुन्छ । उहाँ हिमालयन रेस्क्यु एशोसिएसन (HRA) को पीपी प्रसाईं पुरस्कार र गाउँ पर्यटन प्रवद्र्धन मञ्च (VITOF)को गाउँ पर्यटन प्रवद्र्धन पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने पहिलो पत्रकार पनि हुनु हुन्छ । टान पर्यटन पत्रकारिता पुरस्कार समेत पाउनु भएका काभ्रे, चौंरीदेउरालीका पन्त पत्रकारितामा स्नातक हुनु हुन्छ । दशकभन्दा बढी समयदेखि नेपाल पर्वतारोहण संघआवद्ध देवीप्रसाद पन्तको विजयले नेपालको पर्वतिय पर्यटनमा पत्रकारिताको सहकार्यले थप उचाई ग्रहण गर्नेछ ।

९ .आङ् छेवाङ् शेर्पा
सदस्यका प्रत्यासी
झन्डै ३ दशकदेखि पर्वतिय पर्यटन क्षेत्रमा सकृय लिखु पिके, सोलुखुम्बुका आङ् छेवाङ् शेर्पा घरेलु तथा साना उद्योग महासंघको कार्यकारी सदस्य हुनुहुन्छ । विभिन्न संघ संस्थामा आवद्ध उहाँ स्थानीय विकास मन्त्रालय अन्र्तगतको र्दुगम क्षेत्र विकास समितीको सदस्य पनि हुनुहुन्छ । बहुआयमिक शेर्पा खासगरी हिमाली र दुर्गम क्षेत्रबारे गहिरो ज्ञान राख्नु हुन्छ । पर्वतिय पर्यटनको आधार नै दुर्गम क्षेत्र हुने हुँदा आङ् छेवाङ् शेर्पाको उपस्थितिले नेपाल पर्वतारोहण संघलाई वास्तविक रुपमै थप उचाईमा पु¥याउन मद्धत गर्नेछ ।

१० .दा गेल्जे शेर्पा
सदस्यका प्रत्यासी
सोलुखुम्बुको लोखिम, कुरीमा निवासी दा गेल्जे शेर्पाले सात पटक सगरमाथा आरोहण गरिसक्नु भएको छ । उहाँले लोत्से, धवलागिरी, छ्यो ओ यु, सिसापाङ्मा, बरुन्चे, मनास्लुलगायत थुप्रै हिमालहरुको पटकपटक आरोहण पनि गरिसक्नु भएको छ । भरिया, शेर्पा, कुक र गाइड हुँदै त्यसैलाई व्यवसाय बनाउनु भएका शेर्पा ३४ बर्षदेखि पर्वतिय पर्यटन क्षत्रमा सकृय हुनुहुन्छ । धर्मडाँडा शेर्पा संघको कोषाध्यक्ष उहाँ उच्च हिमाली तथा पहाडी क्षेत्र कामदार सहयोग संघको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । मिनड्रोल च्याङचुक छ्योलिङको पूर्व उपाध्यक्ष उहाँ नेपाल पर्वतारोहण संघमा यसअघिको कार्यसमिती सदस्य र कल्याणकारी कोषको संयोजक भई परोपकारी अनुभव संगालिसक्नु भएको छ । विशेष गरी उच्च हिमाली तथा पहाडी क्षेत्र कामदार सहयोग संघको संस्थापक अध्यक्ष भई निरन्तर तिनै कामदाहरुसँग आत्मिय सम्बन्ध गाँसिराख्नुभएका दा गेल्जे शर्पाको विजयप्रति आम मतदाताहरु विश्वस्त रहेका छन् ।

११ .तुलसिं गुरुङ
सदस्यका प्रत्यासी
इन्टरनेसनल माउन्टेन गाइड तुलसिंह गुरुङ सन् २००८ देखि माउन्टेनरिङ इन्सट्रक्टर पनि हुनुहुन्छ । १५ बर्षदेखि यो क्षेत्रमा सकृय उहाँले २ पटक सगरमाथा आरोहण गर्नुभएको छ । छ्यो ओे यु, हिमलुङ, बरुन्चे, आमादब्लम, आइल्यान्ड पिक, लोबुचे पिक, मेरा पिक, थोराङ पिक, चोलु वेस्ट पिक, लार्के पिक, लाङसिसारी पिक, नयाँ खाङलगायत थुप्रै हिमालहरुको पटकपटक आरोहण गरिसक्नु भएका गोरखा, लाप्राकका गुरुङले रसियास्थित माउन्ट एलब्रस् र अमेरिकास्थित माउन्ट राइनर, माउन्ट बेकर र माउन्ट सुक्सानको शानदार आरोहण गरिसक्नु भएको छ । नेपाल पर्वतारोहण संघमा प्रशिक्षक रहनुभएका गुरुङ नेपाल राष्ट्रिय पथ प्रदर्शक संघमा सदस्यको रुपमा संलग्न हुनहुन्छ । नेपाल पर्वतारोहण पथ प्रदर्शक संघमा सदस्य/प्रशिक्षक रहनुभएका उहाँ केहीअघिसम्म त्यहाँ तालिम कमिटीको संयोजक पनि हुनहुन्थ्यो । अन्र्तराष्ट्रिय रुपमा कृयाशील र ख्याती प्राप्त सिमित इन्टरनेसनल माउन्टेन गाइडहरु मध्य पर्नु हुने तुलसिं गुरुङ आरोहणको क्षेत्रमा आशालाग्दो युवा आरोही हुनुहुन्छ ।

१२ .पेम्वा दोर्जे शेर्पा
सदस्यका प्रत्यासी
रोल्वालिङ, गौरीशंकर, दोलखाका पेम्वा दोर्जे शेर्पा गिनिज बुक अफ वल्र्ड रेकर्डका हिरो हुनुहुन्छ । ४ वटा विश्व रेकर्ड राखेर उहाँले आफ्नो मात्र होइन, नेपालकै नाममा उज्यालो थप्नुभएको छ । भरिया हुँदै पर्वतिय पर्यटन क्षेत्रमा आउनुभएका उहाँले १६ पटक त सगरमाथा नै चढिसक्नुभएको छ । सबभन्दा छिटो ८ घन्टा १० मिनेटमा उहाँले सगरमाथा चढ्नुभयो । उहाँले १० दिनमा ३ पटक सगरमाथा चढ्नुभयो । उहाँले ४ दिनमा २ पटक सगरमाथा चढ्नुभयो । उहाँ र उहाँक अरु तीन दाजुभाई गरी एकै समयमा चार दाजुभाई सगरमाथाको चुचुरोमा पुगी अर्को किर्तीमान कायम गर्नुभयो । त्यसैगरी उहाँको ७ दाजुभाई मध्ये ६ जनाले सगरमाथा चढिसक्नुभयो । उहाँले बिना अक्सिजन ४ पटक सगरमाथा चढिसक्नुभयो । उहाँलाई विश्व प्रसिद्ध संस्थाहरु Friends of Earth र 360org तथा टुरिजम इयर २०११ को लागि नेपाल पर्यटन बोर्डले आफ्नो सद्भावना दूतमा नियुक्त गरेको थियो । नेपालको निधिकै रुपमा आफ्नो व्यक्तित्व विकास गरिसकेका लगनशील विश्व किर्तिमानी शेर्पाको उमेदवारीले जिम्वा जाङ्बू शेर्पा नेतृत्वको समूहले विजय प्राप्त गर्ने स्पस्ट संकेत गरेको छ ।

१३ . दुर्गानाथ (बलराम) न्यौपाने
सदस्यका प्रत्यासी
बलराम न्यौपानेका नामले सुपरिचित रसुवाका दुर्गानाथ न्यौपाने ४ दशकदेखि पर्वतिय पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । श्रमिकको रुपमा यो क्षेत्रमा प्रवेश गरेर पेशागत र व्यवसायिक जीवनमा लोभलाग्दो उचाइ नाप्नु भएका न्यौपाने रसुवा नुवाकोट पर्यटन समाजका संस्थापक अध्यक्ष हुनहुन्छ । मिलनसार एवम समाजसेवी न्यौपाने स्थानीय क्षेत्रको शैक्षिक विकासमा विशेष योगदान पु¥याएवापत शिक्षा मन्त्रालयको राष्ट्रिय पुरस्कारबाट पुरस्कृत समेत हुनु भएको छ । नेपाल पर्वतारोहण संघको लाङटाङ च्याप्टर कमिटीका सदस्य रहनुभएका उहाँ २०७२ को विनाशकारी भुकम्पबाट पिडित भएकाहरुको सहयोगार्थ निकै सकृय रहनु भएको थियो । व्यवसाय र समाजसेवालाई सन्तुलित रुपमा अघि बढाइरहनु भएका शालीन व्यक्तित्वका धनी न्यौपानेको उमेदवारी आम मतदाताहरुको चाहनाभित्र परेकोले उहाँको जीत सुनिश्चित देखिन्छ ।

१४ .मुकुन्द पोखरेल
सदस्यका प्रत्यासी
पर्यटनसँग आवद्ध पेशाकर्मीहरुको हक हित र अधिकार प्राप्तिका लागि निरन्तर संर्घषरत भक्तपुर, गुन्डुका मुकुन्द पोखरेल टे«ड युनियन आन्दोलनमा निरन्तर कृयाशील नाम हो । पर्वतिय पर्यटनका समस्याहरुसँग चिरपरिचित पोखरेल पेशाकर्मीको हकहित संरक्षणका लागि लागिपर्ने गरेका छन् । १५ बर्षदेखि यो क्षेत्रमा कृयाशील पोखरेल पर्वतिय पर्यटन क्षेत्रका मजदुरहरुबीच लlकप्रिय हुनुहुन्छ ।

१५ .ल्हाक्पा तेन्जी शेर्पा
सदस्यका प्रत्यासी
१४ बर्षकै कलिलो उमेरदेखि पर्वतिय पर्यटन क्षेत्रमा सक्रिय ल्हाक्पा तेन्जी शेर्पाले हिमालै हिमाल हिंड्दाहिंड्दै ३० बर्ष कटेको पत्तै पाउनु भएन । यसरी यो क्षेत्रमा चुर्लुम्मै डुब्नुभएका आरोही शेर्पाले सगरमाथा, मकालु, बरुन्चे, पेताङ्चे, तिलिचो मात्र होइन, तिब्ब्तस्थित लाक्पारी चुचुरो पनि चुम्न सफल हुनु भयो । सोलुखुम्बु, गुदेलका उहाँ गुदेल शेर्पा किदुक ९समाज० का अध्यक्ष हुनुहुन्छ । २०७२ को विनाशकारी भुकम्पपछि घरबारबिहिन भएकाहरुको पुर्नवासको लागि गुदेलमा २७ वटा घर बनाउने काम फत्ते गरेर उहाँ उदाहरणीय बन्नु भएको छ । नेपाल पर्वतारोहण संघको बगाउँचे च्याप्टर कमिटीका सदस्य समेत रहनु भएका शेर्पाको उमेदवारी आम मतदाताको बीचमा चासोको विषय भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१