माधुरीबारे फिल्म बनाउँदै प्रियंका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ श्रावण २०७४, बुधबार ०६:३३

काठमाडौं ।  केही दिनअघि बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नी मनपर्ने अभिनेत्री माधुरी दीक्षितसँग काम गर्ने इच्छा छिट्टै पूरा गर्न लागेको बताएकी थिइन् । उनको यो अब इच्छा आधिकारिक रूपमै घोषणा भएको छ ।

 

फिल्म लेखक श्री रावले ट्विटरमा माधुरी र प्रियंकाको साथमा रहेको एउटा फोटो सार्वजनिक गरेर यो खबरको पुष्टि गरेका छन् । श्रीले फोटोसँगै लेखेका छन्, ‘अन्ततः दुई अभिनेत्री तथा स्टारसँग मेरो रोमाञ्चक नयाँ परियोजनाको घोषणा गर्न पाउँदा निकै उत्साहित छु ।’नयाँ पत्रिकामा खबर छ ।

हो, माधुरीको वास्तविक जीवनमा आधारित कमेडी सिरिज छिट्टै बन्दै छ । यो सिरिजको नाम भने सार्वजनिक गरिएको छैन । तर, प्रियंकाले यो सिरिज उत्पादन गर्नेछिन् । यो सिरिज अमेरिकन नेटवर्क एबिसीबाट टेलिकास्ट हुने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २९, २०८१