राष्ट्रपतिकी छोरीको फोटोमा कामुकताको बहस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ श्रावण २०७४, बुधबार ०६:२५

एजेन्सी । किर्गिस्तानकी राष्ट्रपतिकी कान्छी छोरी आलिया शागयीवाको  बच्चालार्इ स्तनपान गराइरहेको एउटा तस्बिर केही दिनयता चर्चित भइरहेको छ । यस तस्विरमा आलिया भित्री लुगामा देखिन्छिन् भने छोरालार्इ दूध खुवाइरहेकी छन् ।

यसै साल अप्रिलमा आलियाले यो तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । तस्विरको क्याप्सनमा उनले लेखेकी थिइन्, ‘मेरो छोरालार्इ भोक लाग्छ, त्यही भएर त म जहाँसुकै पनि उसलार्इ स्तनपान गराउँछु ।’
यही तस्विरका लागि उनीमाथि अनैतिक व्यवहारको आरोप लाग्यो त्यसपछि उनले त्यो फोटो नै सामाजिक सञ्जालबाट हटाइन् । बीबीसीलार्इ दिएको एक अन्तर्वार्तामा उनले यो बहस त्यस संस्कृतिको एउटा भाग थियो जसमा महिलाको शरीरलार्इ कामुकतासँग जोडेर हेरिन्छ ।

बीबीसी किर्गिजलार्इ आलियाले भनेकी छन्, ‘मलार्इ  ईश्वरले जो शरीर दिएका छन्, त्यो अश्लील छैन । यो सुन्दर शरीर हो, जसले मेरो छोराको सबै जरूरतलार्इ पूरा गर्नमा सक्षम छ । यसलार्इ कामुकताको नजरबाट हेर्नुहुँदैन ।’

किर्गिस्तानको राजधानी बिस्केकको बाहिरी इलाकामा बस्ने गरेकी आलियाले अगाडि भनिन्,  “उनीहरूलार्इ यो मन परेन, म यो कुरा बुझ्न सक्छु । किनकि हाम्रा बाबु पुस्ताको भन्दा अहिलेको युवा पिढी कम रूढीवादी रहेको छ ।

आलिया सामाजिक सञ्जालमा पनि धेरै सक्रिय छिन् । उनी आफ्नो काम र आफ्नो परिवारको तस्विर सामजिक सञ्जालमा पोस्ट गरिरहन्छिन् ।

आलिया भन्छिन्, ‘जब आफ्नो बच्चालार्इ स्तनपान गराउँछु तब मलार्इ यो सबैभन्दा चिज दिनसकेकी छु, जसले मेरो बच्चाको भोक मेटाउँछ । मेरा लागि  आफ्नो बच्चाको आवश्यकता पनि पुरा गर्नु ज्यादै जरूरत छ । त्यही कारण म मानिसको कुरामा ध्यान दिन्न् ।’

को हुन् आलिया शागयीवा ?
बीबीसी किर्गिजकी संवाददाता गुलनारा कास्मान्बेटोवाले बिश्केकस्थित आलिया शागयीवाको घरमा उनको अन्तरवार्ता लिएकी थिइन् । जहाँ उनी पति र बच्चासँग बस्ने गरेकी छन् ।

सोभियत संघको विघटनपछि बनेको किर्गिस्तानका बहुसंख्यक मुसलमान समुदायमा आलिया शागयीवा एक बोल्ड महिला हुन् । उनी खुलेर कुरा गर्छिन् र बचपनको आफ्नो दिनकोबारेमा सुनाउँछिन् । उनका अनुसार उनका माता-पिता व्यस्त रहन्थे, त्यहीकारण उनको बालापन एक्लै बित्यो ।

उनले पुस्तान्तरणको कुरा गर्दै आफ्ना माता-पितालार्इ बुझ्ने कोशिश गरेको पनि सुनाइन् । उनले खासगरी सामाजिक सञ्जालको मामिलामा माता पिताको भावना बुझ्ने कोशिश गरेको सुनाइन् ।

‘मेरी आमालार्इ मेरोबारेमा मेरा ‘साथी’ बाट खबर प्राप्त भइरहन्थ्यो । अब म स्वयम् एक आमा हुँ र मैले बुझेको छु मलार्इ हुर्काउन मेरी आमाले कति हैरानी र दु:खको सामना गर्नुपर्यो ।’

किर्गिस्तानको रूढीवादी समाज
किर्गिस्तानमा मुख्यत: मुसलमानको बसोबास छ । यो देशको समाज रूढीवादी छ । तर सामाजिकरूपमा त्यहाँ सार्वजनिक स्थानमा स्तनपान गर्नुलार्इ नराम्रो मानिँदैन ।

पार्क र अन्य सार्वजनिक स्थानमा महिलाले बच्चालार्इ स्तनपान गराएको देख्नु यहाँ सामान्य मानिन्छ । तर आमरूपमा यहाँका महिलाले शरीरलार्इ लुगाले छोप्ने गरेका छन् ।

जब शागयीवाले यो तस्विर सामाजिक सञ्जालमा पोस्ट गरिन् तब मानिसहरूले यो उनको निजी तस्बिर भएकाले सामाजिक सञ्जालमा पोस्ट नगर्न भने । त्यही कारण उनको आलोचना पनि भयो ।

शागयीवाको तस्वीरलार्इ किर्गिस्तान बाहिर पनि धेरैले चर्चाको विषय बनाए । युरोपका देशहरूका पत्रिकार वेबसाइटले उनको तस्बिर छापे । केहीले महिलाको शरीरलार्इ लिएर प्रचलित सामाजिक मानसिकताको विरोध गरेकोमा उनको प्रशंसा पनि गरे ।

बिबिसीबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०