एनएमएमा सन्तबीर लामा अध्यक्ष रहेको १५ सदस्यीय प्यानल घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ श्रावण २०७४, मंगलवार २०:३७

काठमाडौ । नेपाल पर्वतारोहण संघ(एनएमए) को आगामि कार्यकालका लागि साउन २१ गते हुन लागेको निर्वाचनका लागि सन्तबीर लामा अध्यक्ष रहेको १५ सदस्यीय प्यानल घोषणा भएको छ । मंगलबार काठमाडौको ठमेलमा अवस्थित होटल बैशालीमा एक कार्यक्रम गरी लामा नेतृत्वको प्यानल घोषणा गरिएको हो । उक्त समूहलाई नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन, नेपाल पर्यटन व्यवसायी संगठन, पर्यटनमा आबद्ध विभिन्न व्यवसायीक मोर्चा र अन्य पर्यटनसँग सम्बन्धीत संघसंस्थाको समर्थन रहेको कार्यक्रममा जानकारी दिइयो । सन्तबीर लामा अध्यक्ष रहेको उक्त प्यानलको प्रथम उपाध्यक्षमा दिवसविक्रम शाह,द्धित्तिय उपाध्यक्षमा माया शेर्पा, महासचिवमा बोधराज भण्डारी, सचिवमा टिकाराम गुरुङ,कोषाध्यक्षमा सु्दर्शन न्यौपाने रहेका छन् । त्यस्तै सदस्यहरुमा सुमनप्रसाद न्यौपाने,विनय शाक्य,ठाकुरप्रसाद सापकोटा, शिवबहादुर सापकोटा,सन्जीव गुरुङ,सिंगी लामा,उर्गा देवी श्रेष्ठ, मिङमार शेर्पा र पासाङ टेण्डी शेर्पा रहेका छन् । यो समूह जातीय लैंङिगक,क्षेत्रगत लगायत सबै समूहलाई मिलाईएको हुँदा पूर्णरुपमा समावेशी रहेको उक्त समूहको दाबी रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०