जेबी अधिकारीको अध्यक्षतामा काठमाडौं जिल्ला विद्यालय भलिबल कमिसन गठन

काठमाडौं । जेबी अधिकारी (दीपक) को अध्यक्षतामा कुल १३ सदस्यीय समितिको काठमाडौं जिल्ला विद्यालय भलिबल कमिसन गठन गरिएको छ । नेपाल विद्यालय भलिबल कमिसन अन्तर्गतको काठमाडौं जिल्ला विद्यालय भलिबल कमिसनको उपाध्यक्षमा रिता राई दाहाल,सचिवमा शिवप्रसाद अर्याल र कोषाध्यक्षमा प्रदीप श्रेष्ठलाइ चयन गरिएको छ ।

त्यस्तै सदस्यहरूमा रवीन बस्नेत, कपिल जिसी, विकास गुरुङ, हिक्मत दाहाल, रवि भण्डारी, प्रियंका रानामगर, बद्री भट्ट, गोकर्ण लिम्बू र झमककुमार कार्की चयन भए । उनीहरूलाई नेपाल विद्यालय भलिबल कमिसनका अध्यक्ष केसीले शपथग्रहण गराएका थिए ।

मङ्लबार, साउन १७, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री