रोनाल्डो अदालतमा उपस्थित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ श्रावण २०७४, सोमबार १८:१४

काठमाडौं । कर छलीको आरोप लागेका फुटबलर स्पेनिस अदालतमा उपस्थित भएका छन् । विश्वकै धनी फुटबलर रोनाल्डोमाथि १४।७ मिलियन युरो कल छली गरेको आरोप लागेको छ । उनले सन् २०१० पछि तस्वीर ‘राइट’बाट आएको लुकाएको अधिकारीहरुको दाबी छ ।

रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका रोनाल्डोले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

पछिल्लो समय स्पेनमा व्यवसायिक फुटबल खेल्दै आएकाहरुमाथि कर छलीको मुद्दा लाग्ने क्रम बढ्दो छ ।

गत वर्ष मात्र कर छलीको आरोपमा बार्सिलोनाका लिओनल मेस्सी दोषी पाइएको थियो र उनलाई २१ महिना जेल सजाय समेत सुनाइएको छ । तर, स्पेनिस कानुन अनुसार उनले जेल बस्नुको सट्टा २ लाख ५२ हजार पाउण्ड जरिवाना तिरे पुग्छ ।

अधिकारीहरुका अनुसार यदि रोनाल्डोको मुद्दा न्यायिक छानविनमा पठाइयो भने उनलाई कम्तिमा २८ मिलियन जरिवाना र साढे ३ वर्ष जेल सजाय हुनसक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१