महिनावारीमा सेक्स ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ श्रावण २०७४, आईतवार १६:२१

महिलाहरुको महिनावारीको बेला यौनसम्पर्क कायम राख्ने कुरामा कतिपय तपाई हामीले नाक खुम्च्याउँछौं । हिन्दू मान्यताहरुमा त महिनाबारीका ४ दिन अशुद्ध मानिन्छन् ।

त्यसो त यौनसम्पर्क भनेको शारीरिक भन्दा पनि बढी मानसिक क्रिया हो । त्यसैले महिनावारीलाई हेर्ने दृष्टिकोणका आधारमा यो बेला सेक्स गर्ने या नगर्ने भन्ने कुराको निधो हुन्छ । तर स्वास्थ्यका दृष्टिमा भने महिनावारीको बेला सुरक्षा अपनाएर यौनसम्पर्क कायम गरियो भने यसले हानी गर्दैन ।
महिनावारीको बेला अशुद्ध रगत बग्ने भएकाले संक्रमणको जोखिम भने नहुने होइन । त्यसैले साधन प्रयोग गरेर यौनसम्पर्क गर्नुपर्ने कुरामा चिकित्सकहरुले जोड दिएका हुन्छन् ।

सुरक्षित तरिकाले सेक्स गरियो भने महिनावारी भएको बेला सेक्स गर्दा कुनै पनि प्रकारको हानि भने हुँदैन । अझ महिनावारीको समय सेक्स गर्न अभ्यस्त जोडीहरूका अनुसार यतिबेलाको सेक्स अझ बढी आनन्ददायी हुन्छ । मेडिकल साइन्सका अनुसार महिनावारी भएको बेला सम्भोग गर्दा कुनै हानि हुँदैन । तर, महिलाले अत्यधिक दुखाइ महसुस गरेकी छिन्, रगत धेरै मात्रामा बगेको छ र कुनै संक्रमण भएको छ भने सम्भोग नगर्नु राम्रो हुन्छ । कति पुरुष भने रजस्वला भएको बेला महिलाको योनीमा रगत हुने हुँदा फोहर पनि महसुस गर्छन् । यस बेला सम्भोग गर्न सहज मान्ने, नमान्ने दुवैको चाहनामा भर पर्दछ । यस्तो बेलाको यौन सम्बन्धले आनन्द नआउने कुनै कारण छैन ।

सामान्यतया महिनावारी भएको बेलामा गरिएको यौन सम्बन्धले स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । यस्तो बेलामा गहन सम्भोग गरियो भने इन्डोर्फिन नामक हर्मोन सक्रिय हुन्छ, जसले महिलाको महिनावारीबाट भएको पीडालाई तुरुन्त कम गर्छ । अमेरिकामा हालै गरिएको अनुसन्धानअनुसार महिनावारीको बेला सम्भोग गर्दा महिनावारीको समय पनि कम हुने प्रतिवेदन सार्वजनिक गरेको छ । चरम यौन आनन्दमा महिनावारीको रगत छिटो योनीबाट बाहिर निस्कने हुँदा अरू बेलाको भन्दा महिनावारीको समय छोट्टिने जानकारी दिइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१