रहिनन् डिना वाङदेल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ श्रावण २०७४, बुधबार ०७:३७

काठमाडौं ।  कतारस्थित भर्जिनिया कमनवेल्थ युनिभर्सिटीको कला विभागकी प्रमुख डिना वाङदेलको मंगलबार अमेरिकामा निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार रुघाखोकी बिग्रिएपछि वाङदेलको शल्यक्रिया गरिएको थियो । उपचाररत अवस्थामा मेनेन्जाइटिसबाट ग्रसित उनको मंगलबार नेपाली समयअनुसार बिहान ११ः३० बजे निधन भएको हो ।

अमेरिकाको भर्जिनिया विश्वविद्यालयले वाङदेललाई कला विभागको प्रमुख बनाएर कतार पठाएको थियो । उनी ५ वर्षदेखि कतारमा कार्यरत थिइन् । ५४ वर्षीया वाङदेल प्रख्यात कलाकार लैनसिंह वाङदेलकी एक्ली सन्तान थिइन् ।

डिनाकी आमा, श्रीमान् दिवाकार र दुई छोरा छन् । कलाकार अस्मिना रञ्जितले डिनाले नेपाली कला क्षेत्रमा निकै महत्त्वपूर्ण योगदान पुर्‍याएको बताइन्

‘यो खबरले हामीलाई निकै ठूलो चोट परेको छ,’ रञ्जितले भनिन्, ‘हामीलाई पत्याउनै मुस्किल परिरहेको छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१