जग्गा विवादले लियो ९ महिने शिशुको ज्यान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ श्रावण २०७४, आईतवार ०७:४१

बारा । जग्गाको विषयमा परिवार सदस्यबीच झडप हुँदा ९ महिने शिशुको मृत्यु भएको छ । घटना अनुसन्धानका लागि प्रहरीले ३ पुरुष र ४ महिला गरी सात जनालाई नियन्त्रणमा लिएको छ ।

सुवर्ण गाउँपालिका १ बगही निवासी पन्नालाल मुखिया बिनकी ९ महिने छोरी किरणको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

चलितर मुखियाका जेठी र कान्छी श्रीमतीपट्टिका छोराहरुबीच झडप भएको खबर आजको कान्तिपुरमा छ ।

दीपा मुखीया पक्षले इन्द्र मुखीयाको परिवारमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

९ महिने छेरीलाई काखमा लिएर घरमा लुकिछिपी बसिरहेकी सुदामालाई बाँसको भाटा लिएर घरम प्रवेश गरेका पाँच छ जनाको समूहले कुटपिट गरेको थियो ।

सुदामालाई भाटाले कुट्दा शिशुको टाउकोमा समेत चोट लागेको थियो । आत्रमण्बाट ३० बर्षीया सुदामा ससुरा इन्द्र मुखिया, देवर लालुलगायत घाइते छन् । सुदामाका पति रोजगार सिलसिलामा विदेशमा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१