बदला लिन तयार दीपिका, तर कोसँग ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ श्रावण २०७४, बुधबार ०५:४६

बलिउड अभिनेत्री दीपिका पादुकोणको अहिले मुड ठिक छैन । उनी कसैसँग बदला लिने तयारीमा छिन् ।

तर यो रियल लाइफको नभएर रिल लाइफको कुरा हो । निर्देशक दिनेश विजन आफ्नो आगामी फिल्म ‘बदलापुर’ को सिक्वेलमा दीपिकालाई कास्ट गराउँदैछन् ।

यसभन्दा अघि ‘बदलापुर’ मा वरुण धवनले लीड रोल गरेका थिए । उनले आफ्नो परिवारको हत्याको बदला लिने कथा थियो । तर, यसको सिक्वेलमा निर्देशकले वरुणलाई होइन दीपिकालाई लिड रोलमा पेश गर्दैछन् ।

निर्देशक दिनेश विजन र दीपिकाले थुप्रै फिल्ममा एक साथ काम गरिसकेका छन् । उनीहरुले सँगै काम गरेका फिल्महरुमा ककटेल, लव आजकल, फाइन्डिङ फेन्नी लगायत फिल्म छन् । यी सबै फिल्महरुबाट दीपिकाले व्यवसायिक सफलता प्राप्त गर्नुका साथै फरक पहिचान पनि बनाइन् ।

समाचारअनुसार दीपिकालाई बदलापुर २ को कथा निकै मन पष्रेको छ । तर स्त्रिmप्टलाई पूर्णता दिन बाँकी नै छ । स्किप्ट पुरा हुनासाथै दिनेशले दीपिकाको डेट फाइनल गर्नेछन् ।

दीपिका अहिले संजय लीला भन्सालीको फिल्म पद्मावतीको सुटिङमा व्यस्त छिन् । बदलापुर २ को काम सन् २०१८ बाट मात्र सुरु हुनेछ ।

(अनलाइन खबर बाट)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०