कसरी हटाउने बच्चा जन्माइसकेकी आमाको पेटको सेतो धर्का

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ श्रावण २०७४, बुधबार ०५:३४

खासगरी बच्चा जन्माइसकेकी महिलाको पेट आसपासमा सेतो धर्का देखिन्छ । यसले उनीहरुको समग्र सौन्दर्यमा असर पुर्‍याइरहेको हुन्छ । हुन त यस्तो सेतो धर्सा पुरुष वा महिला दुबैको हुनसक्छ । तर, यो महिलाको लागि बढी चिन्ताको विषय बन्छ ।

कसरी बन्छ स्ट्रेच माक्र्स

जब हामी मोटाउँछौ, तब छाला खुम्चिएर यस्तो धर्सा बन्छ ।मोटोपन बढ्दा वा गर्भावस्थामा जब हाम्रो शरीरको मोटाई बढ्छ, छाला तन्किन्छ । यस्तो अवस्थामा छालाको बाहिरी सतह तन्किन्छ । छालामा दुई सतह हुन्छ, भित्री र बाहिरी । भित्री छाला चाहि धेरै समय तन्किन सक्दैन र त्यसको टिश्यु टुट्छ, जो स्ट्रेच माक्र्सको कारण बन्छ ।

कसरी हटाउने ?

लुगा लगाएर पनि यस्तो धर्सा लुकाउन गाह्रो हुन्छ । तर चिन्ता लिनुपर्दैन, केहि घरेलु उपाय छन् जसले स्ट्रेच माक्र्स हटाउन सकिन्छ ।

कागतिको रस

कागतिको रसमा ब्लीचिंग गुण पाइन्छ, जसको प्रयोग सौन्दर्यका लागि गरिन्छ । गर्भकालमा आएको स्ट्रेच माक्र्स कागतिको रसले हटाउन सकिन्छ । यसका लागि ताजा कागति चाहिन्छ । उक्त कागतिको रस स्ट्रेच माक्र्समा लगाएर १० मिनेट छाड्ने । त्यसपछि हल्का तातो पानीले सफा गर्नुपर्छ । केहि समय नियमित यो विधी अपनाउनु पर्छ ।

बनस्पती तेल

बनस्पती तेल जस्तो कि, नरिवल तेल, जैतुनको तेल आदिले छालामा मोश्चराइज गर्नुपर्छ, स्ट्रेच माक्र्स क्रमस हट्दै जान्छ । जैतुनको तेललाई तातो बनाउने र राम्ररी मसा जगर्ने । अर्को दिन बिहान तातो पानीले नुहाउने । यसमा नरिवलको तेल पनि प्रयोग गर्न सकिन्छ । तेल छालामा राम्ररी लगाउने र त्यसमा प्लाष्टिक शीटले छोप्न सकिन्छ ।

अण्डाको सेतो भाग

अन्डामा प्रोटिनको मात्रा धेरै हुन्छ । यसको उपयोग छालामा आउने स्ट्रेच माक्र्स हटाउनमा पनि गर्न सकिन्छ । यदि अन्डालाई दही र महमा मिसाएर स्ट्रेच माक्र्स भएको भागमा लगाउने हो भने क्रमस त्यो धर्सा हट्दै जान्छ ।

मोश्चराइजर

मोश्चराइजरको नियमित उपयोगले स्ट्रेच माक्र्स कम हुन्छ । भिटामिन सियुक्र मोश्चराइज छाती, पेट, नितम्ब आदिमा गर्नुपर्छ । यसका लागि घिउकुमारीको जेल तथा जैतुनको तेल पनि उपयोग गर्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१