६४ करोड सम्पतीकी मालिक्नी हुन कट्रिना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ श्रावण २०७४, मंगलवार ०७:०७

काठमाडौँ । बलिउड अभिनेत्री क्याट्रिना कैफ आज अर्थात् १६ जुलाईदेखि ३५ वर्षमा लागेकी छिन् । उनी अभिनीत ‘जग्गा जासुस’ फिल्म शुक्रबारदेखि प्रदर्शनरत छ । अचेल उनी सोही फिल्मको प्रमोसनमा खटिएकी छिन् ।

सन् २००३ देखि बलिउडमा सक्रिय क्याट्रिना एउटा फिल्म अभिनय गरेबापत ६ देखि ७ करोड भारुसम्म लिने गर्छिन् । तर, अचम्मको कुरा के छ भने उनको अहिलेसम्म इन्डियामा घर छैन । उनी भाडाको फ्ल्याटमा बस्छिन् । कारकी सौखिन क्याट्रिनासँग अडी क्यु–थ्री, अडी क्यु–सेभेनजस्ता महँगा कार छन् । भारतीय मिडियाको दाबीअनुसार क्याट्रिनाको सम्पत्ति ६४ करोडभन्दा बढी छ ।नयाँ पत्रिकाले छापेको छ ।

सुरुवातका दिनमा क्याट्रिना बान्द्राको गुलदेव सागरमा भाडामा बस्थिन् । सन् २०१४ मा भने उनी ब्वाइफ्रेन्ड रणवीर कपुरसँग कार्टर रोडस्थित सिल्भर सेन्ट अपार्टमेन्टमा सिफ्ट भइन् । तर, सन् २०१६ को सुरुवातमा उनीहरू छुट्टिए ।

त्यसपछि क्याट्रिना केही समय त्यही फ्ल्याटमा बसिन् । त्यो फ्ल्याटको भाडा मासिक १५ लाख भारु भएको बताइन्छ । त्यसको केही समयपछि क्याट्रिना बान्द्रामा एउटा फ्ल्याट खोजेर सरिन् । जहाँ उनी अहिले एक्लै बस्छिन् । यद्यपि, क्याट्रिनाले हालै मुम्बईमा घर किनेको खबर आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१