इन्स्टाग्राममा फोटो सेयर गरेर धेरै पैसा कमाउने १० सेलेब्रेटी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ असार २०७४, मंगलवार ०७:००

के तपाईंले आफूले खिचेका तस्बिर ‘इन्स्टाग्राम’ मा राख्ने गर्नुभएको छ?

तस्बिर सन्देश प्रवाह गर्ने सामाजिक सञ्जालका रूपमा इन्स्टाग्राम लोकप्रिय हुँदै गएको छ। तर, यो सञ्जाल अब तस्बिर ‘पोस्ट’ गर्ने माध्यम मात्र रहेन। विभिन्न ख्यातिप्राप्त व्यक्तित्वहरूका लागि यही सञ्जाल पैसा कमाउने माध्यम पनि बनेको छ।

इन्स्ट्राग्रामबाट हालै सार्वजनिक सूचनाअनुसार यसमा तस्बिर पोस्ट गरेबापत् ख्यातिप्राप्त व्यक्तित्वहरूले आकर्षक रकम पाउने गरेका छन्। प्रत्येक पोस्टबापत् पाउने रकमका आधारमा उत्कृष्ट दसको सूचीमा पर्ने ‘सेलेब्रेटी’ निम्न छन्ः

१) सेलेना गोमेजः

सेलेना गोमेज

इन्स्टाग्राममा तस्बिर पोस्ट गरेबापत् सबभन्दा बढी पैसा कमाउनेमा सेलेना गोमेज पहिलो नम्बरमा पर्छिन्। उनी इन्स्टाग्राममा सबभन्दा बढी पछ्याइने (फलोअर) सेलेब्रेटी पनि हुन्। उनका ‘फलोअर्स’ १२ करोड २० लाख जना छन्।

अमेरिकी गायिका तथा अभिनेत्री गोमेजले इन्स्टाग्राममा प्रत्येकचोटि तस्बिर पोस्ट गरेबापत् ५ लाख ५० हजार डलर पाउने गरेकी छन्। टेलिभिजन शृंखला ‘बर्नी एन्ड फ्रेन्ड्स’ मा बाल कलाकारका रूपमा उदाएकी गोमेज डिज्ने च्यानलबाट प्रसारण हुने ‘विजार्डस् अफ वेभर्ली प्लेस’ शृंखलाबाट लोकप्रिय भएकी हुन्।

२) किम कार्डासियन:

किम कार्डासियन

अमेरिकी रियालिटी टिभी शोबाट लोकप्रिय भएकी किम कार्डासियन इन्स्टग्रामबाट दोस्रो बढी पैसा पाउने सेलेब्रिटी हुन्। उनले प्रत्येक पोस्टबापत् ५ लाख डलर पाउँछिन्। इन्स्टाग्राममा उनका १० करोड फलोअर्स छन्।

पेरिस हिल्टनकी साथी र ‘स्टाइलिस्ट’ का रूपमा पहिलोचोटि चिनिएकी किमलाई २००३ मा सार्वजनिक ‘सेक्स टेप’ ले चर्चामा ल्याएको हो। पछि ‘किपिङ अप विथ कार्डासियन’ नामक रियालिटी टिभी शृंखलाले उनको लोकप्रियता चुलियो।

आफ्नो ‘ग्ल्यामरर्स’ लुक्सका कारण चर्चामा आइरहने किम इन्स्टाग्राममा बढी पोस्ट गर्ने सेलेब्रिटीमा पनि पर्छिन्। उनले अहिलेसम्म ३ हजार ८ सय ८३ पोस्ट गरेकी छन्, जबकि सेलेना गोमेजको पोस्टिङ १ हजार ३ सय ३४ छ।

३) क्रिश्चियानो रोनाल्डोः

क्रिश्चियानो रोनाल्डो

प्रसिद्ध फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डोले एउटा पोस्टबापत् ४ लाख डलर पाउने गरेका छन्। इन्स्टाग्राममा उनका १० करोड ४० लाख फलोअर्स छन्। पोर्चुगलका राष्ट्रिय खेलाडी रोनाल्डो स्पेनिस क्लब रियल मेड्रिडका स्ट्राइकर हुन्।

४) काइली जेनरः

काइली जेनर

किम कार्डासियनकै बहिनी तथा अर्का अमेरिकी रियालिटी शो प्रस्तोता काइली जेनरलाई इन्स्टाग्राममा ९ करोड ५० लाख जनाले पछ्याउँछन्। उनी एउटा पोस्टिङबापत् ४ लाख डलर लिन्छिन्।

उनी पनि किमजस्तै ‘किपिङ अप विथ कार्डासियन’ नामक रियालिटी टिभी शृंखलाबाटै चर्चामा आएकी थिइन्। उनी सौन्दर्य सामग्रीको प्रवर्द्धनमा समेत संलग्न छिन्।

५) केन्डल जेनरः

केन्डल जेनर

इन्स्टग्रामबाट बढी पैसा पाउनेमा पाँचौं स्थानमा रहेकी केन्डल जेनर पनि किमकै बहिनी हुन्। इन्स्टग्राममा उनका ८ करोड १७ लाख फलोअर्स छन्। उनी एउटा पोस्टबापत् ३ लाख ७० हजार डलर लिन्छिन्।

उत्कृष्ट पाँचमा परेका यी सेलेब्रेटीबाहेक बाँकी पाँच जनामा दुई जना किमकै बहिनी हुन्– कोल कार्डासियन र कोर्टनी कार्डासियन। यीमध्ये छैठौं स्थानकी कोललाई ६ करोड ८० लाखले पछ्याउँछन् भने उनले एउटा पोस्टिङबापत् २ लाख ५० हजार डलर पाउँछिन्।

किमकी अर्की बहिनी कोर्टनी सातौं स्थानमा छिन्। उनका फलोअर्स ५ करोड ७८ लाख छन् भने उनी एउटा पोस्टिङबापत् २ लाख ५० हजार डलर पाउँछिन्।

कोल कार्डासियन
कोर्टनी कार्डासियन

त्यस्तै, आठौं स्थानमा रहेकी बेलायती फेसन मोडल तथा अभिनेत्री खारा डेलेभिनले पाउने रकम प्रत्येक पोस्टको १ लाख ५० हजार डलर छ। उनलाई ४ करोड जनाले पछ्याउँछन्।

अमेरिकी सुपरमोडल गिगी हडिड नवौं स्थानमा छिन्। उनका फलोअर्स ३ करोड ४७ लाख छन् भने प्रत्येक पोस्टबापत् १ लाख २० हजार डलर पाउँछिन्।

सूचीको दसौं स्थानमा रहेका अमेरिकी बास्केटबल खेलाडी लेब्रन जेम्सका ३ करोड फलोअर्स छन्। उनले इन्स्टाग्राममा तस्बिर पोस्ट गरेबापत् १ लाख २० हजार डलर पाउँछन्।

खारा डेलेभिन
गिगी हडिड
लेब्रन जेम्स

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१