जनता टेलिभिजन नियमित प्रसारणमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ असार २०७४, सोमबार १५:०६

काठमाडौ । बैशाख २० गतेबाट परीक्षण प्रसारण सुरु गरेको जनता टेलिभिजन असार २९ गतेबिहिबारबाट नियमित प्रसारणमा हुने भएको छ । टेलिभिजनको नियमित प्रसारणको समुद्घाटन प्रधानमन्त्री शेर बहादुर देउवाले गर्नु हुनेछ । जनता टेलिभिजनले २०७२ साल असारमा स्वीकृती प्राप्त गरेको हो । स्याटेलाइटमार्फत प्रसारण हुने जनता टेलिभिजनमा समाचारलगायत विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रमहरु समेत समावेश रहेका छन् । जनता प्रसारण तथा प्रकाशन लिमिटेडले यो टेलिभिजन प्रसारणमा ल्याएको हो । लिमिटेडले विभिन्न महत्वपूर्ण पुस्तकहरु प्रकाशन गर्दै आएको छ ।
जनता टेलिभिजन मोबाइलमा पनि हेर्न सकिन्छ । जनता टेलिभिजन हेर्नकालागि नेटटीभी नेपाल एप्स डाउनलोड गरी मोबाइलमा आफ्नो फेसबुक एकाउण्ट अथवा इमेलबाट लगइन गरेर हेर्न सकिन्छ ।
टेलिभिजनले अत्याधुनिक प्रविधि सहितका दुईवटा स्टुडियो निर्माण गरेको छ । दक्ष जनशक्ति र अत्याधुनिक स्टुडियो सहित प्रसारणमा आउन लागेको यो टेलिभिजन मिश्रीत हुने महाप्रवन्धक लक्ष्मण हुमागाईले जानकारी दिनु भयो । महाप्रवन्धक हुमागाईले छिट्टै टेलिभिजनले सामाजिक टेलिश्रृंखलाहरु प्रारम्भ गर्ने बताउनु भयो । पहिलो चरणमा बरिष्ट साहित्यकार मोदनाथ पश्रीतको कथामा आधारित टेलिचलचित्र मानव निर्माण गर्न लागेको उहाँले वताउनु भयो । यस वाहेक क्रमशः अन्य टेलिचलचित्र निर्माण हुने हुमागाईले जानकारी दिनु भयो ।
समाचारका साथसाथै समसामयीक बिषयमा आधारित कार्याक्रम र अन्य मनोरन्जनको समिश्रण हुने जनता टेलिभिजन केहि बर्षभित्रै जनताको पहिलो रोजाई हुने जनता टेलिभिजनका अध्यक्ष डा. बिजय पौडेलले बताउनु भयो । डा. पौडेलले भन्नुभयो दक्ष जनशक्ति र उच्च प्रविधि हाम्रो मुख्य आधार हो ।
सर्वसाधारणको शेयर लगानीबाट स्थापीत यो टेलिभिजन सम्भवतः नेपालकै पहिलो पव्लीक टेलिभिजन हो । सर्वसाधारण जनताले एकलाख देखि ५० लाख सम्मको शेयर खरिद गरि टेलिभिजन स्थापना गरिएको हो । सम्पुर्ण कारोवार पारदर्शी हुने यो टेलिभिजनको अर्को विशेषता हो । कुनै अमुक व्यक्तिको लगानी यसमा छैन अध्यक्ष पौडेलले भन्नु भयो हामी सर्वजन हितायको मुल भावनाका साथ काम गर्छौ ।
जनता टेलिभिजनले चीनको औधोगिक तथा व्यापारिक प्रान्त ग्वाङजाओको ग्वाङजाओ टेलिभिजनसँग प्रविधिक तथा अनुभव आदानप्रदान गर्ने समझदारी गरेको छ ।दुवै टेलिभिजनबीच दुई देशको धार्मिक, सांस्कृतिक अनुभव र समाचार आदान प्रदान तथा पर्यटन प्रर्वद्र्वन गर्ने सहमति भएको छ ।वैदेशिक सम्बन्ध विस्तार गर्ने क्रममा चीनको सियानमा भएको विश्वका विभिन्न टेलिभिजनहरुको सम्मेलनमा जनता टेलिभिजन इन्टरनेसनल स्याटेलाइट अलायन्सको कार्य समितिमा चयन भइसकेको छ ।
जनता टेलिभिजन पब्लिक कम्पनी लिमिटेड मार्फत मुलुकमै पहिलो पटक सञ्चालित जनता टेलिभिजन हो । जनता टेलिभिजनको फ्रिक्वेन्सी सिंग्नल ब्ए क्तबच(ठ, क्थmदय िच्बतभ(ज्ञटज्ञण्९ज्ञ।टज्ञःकउक०, एय।ि(द्धण्द्दढ।ण्छःज्श ज्, ँभअ।च्बतभ(द्दरघ रहेको छ ।

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१