गैर आबासिय नेपाली संघ को हार्दिक समबेदना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ श्रावण २०७१, आईतवार ०६:०७

सुनकोशी  नदीको बहाबलाई नै थुन्ने गरी  नेपालको सिन्धुपाल्चोक  शुक्रबार जिल्लामा पहिरो गएर ठुलो क्षती पुगेको छ। यो पहिरो बाट भएको क्षतीको पूर्ण विवरण आइनसकेको भए पनि अहिले सम्ममा  दर्जनौं घर पुरिएका छन्, दर्जनौं घाइते भएका छन् र दर्जनौंको मृत्‍यु भएको छ र  सयौको सन्ख्यामा मनिसहरु  हराएको अनुमान गरिएको छ । पहिरोबाट थुनिएको सुनकोशीको बहावलाई अहिले सेनाले बम बिष्फोट गराएर निकास दिएको कुरा पनि प्रकाशनमा आएको छ। साथै प्रहरीले विभिन्न सुन्कोशी नदी किनारमा बसोवास गरिरहेका परिवारहरुलाई सुरक्षित स्थानमा सारी रहेको छ। download (3)

नेपालको पुर्बी क्षेत्रमा  घटेको प्राकृतिक बिपत्तीको समाचारले विश्व भरी छरिएर रहेका हामी गैर आबासिय नेपालीहरुलाई निकै स्तब्ध पारेको छ।  प्राकृतिक बिपत्तीको यस आपत्कालिन घडीमा विश्व भरी छरिएर रहेका सबै नेपालीहरुले पनि  बिपत्तीमा परेका  परिवारहरुको दु:खलाई गहिरो सँग 
महसुस गरिरहेका छन र  थप क्षती नहोस् भनेर कामना गरिरहेका छन।  

गैर आबासिय नेपाली संघ प्रकृतिक बिपत्तिकोको यस घडीमा पहिरोमा परेर आफ्ना सदस्यहरु गुमाएका परिवारहरु प्रती गहिरो समबेदना ब्यक्त गर्दछ। साथै अकालमा ज्यान गुमाएकाहरुको म्रित आत्माको चीर शान्तिको कामना ब्यक्त गर्न चाहन्छौ। नेपालको पुर्व पश्चिम, उत्तर र दक्क्षीण जुन सुकै भागमा भए पनि नेपालीहरुलाई पर्न जाने बिपत्तीमा आफ्नो तर्फ बाट सक्दो सहयोगका लागि एक पटकको नेपाली सधैंको नेपाली नरा बोकेर विश्वमा छरिएर रहेका हामी सबै गैर अबासिय नेपालीहरु एक जुट भएर तत्पर पर्ने अबस्यकताको लागी  हार्दिक अह्वान गर्दछौ। 

कुमार पन्त 
महासचिव

गैर आबासिय नेपाली संघ (एनआरएनए ) 
अन्तराष्ट्रिय कोर्डिनेसन कमिटी 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१