दिउँसो भोजनपछि किन निन्द्रा लाग्छ ? यस्ता छन्, कारणहरू जानी राखौँ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ असार २०७४, सोमबार ०८:०६

दिउँसोको भोजन पश्चात धेरै मानिसलाई निन्द्रा लाग्ने गर्छ तर के तपाईले यसको बारेमा सोच्नु भएको छ । वास्तवमा किन लाग्छ निन्द्रारु
धेरै मात्रामा कार्बोहाईड्रेट्स भएको आहारको सेवन अथवा अधिक मात्रामा भोजन गर्दा दिउँसोको भोजन पश्चात निन्द्रा लाग्ने गर्दछ । खासगरेर अधिक खाना खानाले हाम्रो शरीरमा इन्सुलिन स्तर बढ्छ । हाम्रो पेन्क्रियस शरीरमा ब्लड सुगरको स्तरलाई नियमित गर्नको लागी इन्सुलिन उत्पन्न गर्छ । अधिक मात्रामा भोजन गर्नाले हाम्रो शरीरमा इन्सुलिनको मात्रा बढ्छ र जसको कारण हाम्रो शरीरमा स्लीप हार्मोन्स उत्पन्न हुन्छ जसले सुस्ती महसुस हुन थाल्छ ।

 

चिकित्सकका अनुसार, दिउँसो कम भोजनको सेवन गर्नुपर्दछ किनभने धेरै भोजन गर्नाले उसलाई पाचनमा धेरै शक्तिको आवश्यकता हुन्छ र जसले गर्दा पाचनतन्त्रलाई भोजन पाचन गर्न अधिक रगतको आवश्यकता हुन्छ । दिउँसोको भोजन पश्चात केही समयको लागी तपाईको मस्तिष्कमा रक्त संचार कम हुन्छ जसले क्रियाशिलता कम हुन्छ र तपाईलाई सुस्ती र निन्द्राको अनुभव हुन थाल्छ । दिउँसोको समयमा कम भोजनको सेवन गर्नु पर्दछ ।

दिउँसो निन्द्राबाट बँच्नको लागी के गर्नुपर्ने ?

दिउँसो निन्द्राबाट बँच्नको लागी हामीले आफ्नो खानामा विशेष ध्यान दिनुपर्दछ । हामीले दिउँसोको भोजन कम मात्रामा लिने र कम कार्बोहाइड्रेट्स भएको खाना खानु पर्दछ । जसले गर्दा उसलाई पाचनमा सजिलो हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१