I.S.A. प्रोजेक्टमा जोसेफका विद्यार्थीहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ असार २०७४, बुधबार १४:५७

United Kingdom (UK)  प्रोजेक्ट International School Award (I.S.A) द्वारा विश्वका धेरै देशहरुमा संचालन गरेको British Council  प्रोजेक्ट नेपालमा पनि (I.S.A.) द्वारा विभिन्न सरकारी र संस्थागत विद्यालयहरुमा संचालन भइरहेको छ । बालबालिकाहरुको चौतर्फी विकास र आधुनिक शिक्षामा समर्पित जोसेफ माध्यमिक विद्यालयले पनि अन्तराष्ट्रिय स्कुल अर्वाड (I.S.A.)  मा सहभागिता जनाएको छ । यस अवार्डका लागि विभिन्न विधामा विभिन्न परियोजनाहरु तयार पार्नु पर्नेमा आजसम्म एघार वटा परियोजना (Project) तयार पारिसकेको छ जसमा राष्ट्रिय हिरोहरु,नेपाली संस्कृति र संस्कार,Junk food  र यसको असर,नेपालको हिमालहरु र सम्पदाको संरक्षण र सरसफाई,मठ मन्दिरको सरसफाई,तिज कार्यक्रम लगाएतका परिेयोजनाहरु थिए भने त्यसमध्ये २ वटालाई निकै महत्वपूर्ण मानिएको देखिन्छ, किनभने जसको कारणले राष्ट्र र राष्ट्रियतालाई विश्वसामु चिनाउने जस्तो विशिष्ट कार्य भएको छ । पहिलो राष्ट्रिय सम्पदाहरुको संरक्षणका लागि विविध प्रयास गरेको देखिन्छ, किनभने यस विद्यालयले प्रत्येक ४ वटा शनिवार चावहिल स्थित गणेश मन्दिर परिसरमा सरकारी विद्यालयसँग सहकार्य गरी गर्ने परियोजना अनुसार बौद्ध, महाँकालमा रहेको जनकल्याण मा.वि का छात्रछात्राहरु संग पनि सहकार्य गर्दै सरसफाइ गरी त्यस्ता मठमन्दिर लगायत सम्पूर्ण देशभरिका राष्ट्रिय सम्पदाहरुको संरक्षणमा लाग्नुपर्ने भन्दै जनचेतना फैलाउने जस्तो महत्वपूर्ण कार्य गरेको छ । जनकल्याणका विद्यार्थी र जोसेफका विद्यार्थीहरु विच आपसी छलफल गरी परियोजना सम्पन्न गरिएको देखिन्छ । देशभित्र रहेका धार्मिक तथा ऐतिहासिक महत्व बोकेका ठाउँहरुको संरक्षण, संवर्धन र विकासमा विद्यार्थीहरु लागिपरेको देखिन्छ ।दोश्रो आफ्नो मुलुकलाई प्राणभन्दा प्यारो ठानी देशका लागि आफ्ना शरीर बलिदान दिने त्यस्ता महान् सपुतहरुका विषयमा छलफल गरी उनीहरुको त्याग बलिदानको चर्चासँगै महान सपुतहरुका विषयमा बंगलादेशको मुन्सीगन्ज एकेडेमी स्कुलसँग सहकार्य गरी हाम्रो देशका विभूतिहरुको योगदानको बारेमा इन्टरनेटको प्रयोग सँगै हाम्रो देशको शहिदको वारेमा बंगलादेशको विद्यालयमा र बंगलादेशको शदिको वारेमा जोसेफ स्कुलका विद्यार्थी बिच चर्चा गरी वंगलादेशको राष्ट्रिय विभूतिहरुका बारेमा परामर्स लिई आ–आफ्नो देशका लागि उहाँहरुको योगदान अतुलनीय, अनुकरणीय, अपुरणीय रहेको कुरा यस सहकार्यले सिकाएको देखिन्छ ।    

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१