स्वस्थ रहनाका लागि प्रयाप्त निन्द्रा लिनु पर्ने यस्ता छन् कारण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ असार २०७४, सोमबार ०६:५८

व्यस्त जीवनशैली र दिनभर आफिसको कामकाजले मानिस यति चिन्तित हुने गर्छन, जसको कारण उनीहरू राती प्रयाप्त निन्द्रा लिन सक्दैनन् र अनिन्द्रा जस्तो रोगले पीडित बनाउने गर्दछ । अनिन्द्राको समस्या हुँदा शरीरलाई विभिन्न किसिमको नोक्सान हुन् थाल्छ, जस्तैस्( इम्युनिटी कमजोर हुनु, मोटोपन बढ्नु र साथै यसले मस्तिष्कमा पनि नराम्रो असर पुर्याउछ ।

यदी तपाईलाई निन्द्रा नलाग्ने समस्या छ भने यसको प्रमुख असर व्यावहारमा देखिन्छ । छिटो(छिटो समयमा मानसिक अवस्था परिवर्तन हुनु, रिसाउनु यसको सामान्य लक्षण हो । यदी तपाईमा यस्तो लक्षण देखिएमा चाँडो चिकित्सक कहाँ गएर जाँच गराउनु पर्दछ ।

निन्द्रामा असन्तुलनका कारण ध्यान र चिन्तन गर्ने क्षमता नराम्रो सँग प्रभावित हुन्छ । यसको सिधा असर तपाईको व्यक्तिगत र पेशागत जीवनमा पर्छ । तपाई राती ८ घण्टाको निन्द्रा लिनु हुन्छ भने अर्को दिन तपाई एकदम स्वस्थ र ऊर्जाले भरिपूर्ण रहनु हुन्छ ।

कम निन्द्रा लिँदा सम्झन सक्ने क्षमतामा कमी आउछ, जसको कारण तपाई कुनै पनि नयाँ चिज सिक्नमा आफुलाई असक्षम पाउनुहुन्छ ।

जब तपाईले धेरै दिन सम्म यसरी नै प्रयाप्त निन्द्रा नलिँदा बिस्तारै(बिस्तारै तपाई मानसिक रोगको पीडित बन्न सक्नुहुन्छ । यदी समयमै यसको उपचार नगरेमा तपाई हलूसनैशन, पैरोनिया जस्ता गम्भीर मानसिक रोगको शिकार हुन् सक्नुहुन्छ । यसकारण प्रयाप्त निन्द्रा लिन कठिनाई भएमा चिकित्सक कहाँ गई जाँच गर्नुहोस् र घर मै ध्यान र योग गर्नुहोस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१