जथाभावी बोलेको आरोपमा श्रीलंकाका फास्ट बलर मालिंगालाई लाग्यो यस्तो धक्का

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ असार २०७४, आईतवार ०५:५५

कोलम्बो । मिडियासँग जथाभावी बोलेको आरोपमा श्रीलंकाका फास्ट बलर लासिथ मालिंगा १ वर्षको लागि निलम्बनमा परेका छन् ।
फास्ट बलरको पहिचान बनएका श्रीलंकाका क्रिकेटर मालिंगाले ६ महिनाको अवधिमा अर्को गल्ती नदोहोर्याए कारवाही अवधी छोटीने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

कारवाहीमा परेसँगै अब उनले आउँदो वन डे म्याचबाट पाउने शुल्क मध्ये पचार प्रतिशत जरिवाना स्वरुप बुझाउनुपर्नेछ । जिम्बाब्वेसँगको खेलका लागि १३ सदस्यको टोलीमा परेका मालिंगालाई श्रीलंका क्रिकेट बोर्डले जिम्बाब्वेसँगको खेलमा भने खेल्न दिने निर्णय गरेको छ । त्यसपछि मात्र उनीमाथिको प्रतिबन्ध लागू हुने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१