ओलीबाट भूकम्प प्रभावित विद्यार्थीलाई साइकल हस्तान्तरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ असार २०७४, आईतवार ०५:५१

काठमाडौँ । नेपालका भूकम्प प्रभावित क्याम्पस तहका ३०० विद्यार्थीका लागि एक चिनियाँ संस्थाले साइकल प्रदान गरेको छ । सिआरआई चाइनिज फान्डेसनले ती साइकल उपलब्ध गराएको हो ।

मदन भण्डारी मेमोरियल फाउन्डेसनको आयोजना र मदन भण्डारी स्पोर्टस एकेडेमीको व्यवस्थापनका आज यहाँ आयोजित कार्यक्रममा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाका वडा नं १, २ र ३ का भूकम्प प्रभावितका ३०० विद्यार्थीलाई सो साइकल हस्तान्तरण गरिएको हो । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रमबीच ती साइकल हस्तान्तरण गर्नुभएको हो ।

अध्यक्ष ओलीले नेपाल र चीनबीच सरकार र जनस्तरमा कायम रहँदै आएको सम्बन्धबारे चर्चा गर्दै भूकम्पपछिको अवस्थामा नेपाललाई चीनबाट प्राप्त सहयोगको सराहना गर्नुभयो । उहाँले सो सहयोगलाई भावनात्मक सहकार्यका रुपमा लिई आफ्नो उच्च शिक्षाको पढाइ पूरा गर्न विद्यार्थीहरुलाई सुझाव पनि दिनुभयो ।

एमाले काभ्रेका पूर्व जिल्ला अध्यक्ष गोकुल बास्कोटाले प्राप्त सहयोगका लागि चिनियाँ संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।

मदन भण्डारी फाउन्डेसनका महासचिव डा राजन भट्टराईले चीन र अन्य देशका सामाजिक संस्थाहरुसँग फाउन्डेसनले सहकार्यका दायरा बढाउने बताउनुभयो ।

एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले वितरण हुन बाँकी विद्यार्थीका साइकल आगामी साउन २ गते बनेपामा हुने कार्यक्रममा हस्तान्तरण गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१