विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको बेलायत शाखा गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ असार २०७४, शनिबार ०६:५३

बेलायत । वरिष्ठ साहित्यकार तथा समाजसेवी श्री खगेन्द्र पाठकको अधक्षतामा विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको बेलायत शाखा गठन भएको छ। कार्यसमितिको उपाधक्ष, महासचिव र कोषाध्यक्ष क्रमश: लयप्रसाद प्रसाइ, मन्जु खरेल र कृष्ण ढुंगाना रहनुभएको छ। यसैगरी सदस्यहरूमा क्रमश: महेश रेग्मी, दिपक कोइराला, एलिना सँग्रौला, विष्णु पोमु, जित पाख्रीन, देवी बराल र पण्डित निलहरी घिमिरे हुनुहुन्छ।
संस्थाका सल्लाहाकारहरूमा श्रीधोज लिम्बु, महेन्द्र कंडेल, बिनोद न्यैपाने र निरज मास्के रहनुभएको छ।
नेपाली भाषा र साहित्यको संरक्षण, सम्बर्दन र अन्तराष्ट्रियकरणको खातिर गठन भएको यस संस्थाको केन्द्रीय कार्यलय अनामनगर काठमांडौमा रहेको छ। निकट भविष्यमै यस शाखाले भाषा, साहित्य र संस्कृतिको उथ्थानको खातिर संसारभरका नेपाली भाषिहरूसंग समन्वय गरी नयाँ नयाँ कार्यक्रमहरू लिएर आउने कुराको जानकारी अध्यक्ष खगेन्द्र पाठकले दिनुभएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१