अाजदेखि नक्सालको नारायणचौरमा रहेको तबेला रेस्टुरेन्टमा घोडामा सरर…!

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ असार २०७४, शुक्रबार १७:००

काठमाडौं,१६ असार । काठमाडौंमा  घोडाचढी खेलमा रमाउनेहरुका लागि बग्गी एण्ड हर्स राईडिङ सेवा सञ्चालनमा आएको छ । बुढानिलकण्ठ नगरपालिका वडा न ७ बाँसबारीमा बग्गी एण्ड हर्स राईडिङ कम्पनीका नामबाट उक्त सेवा सुरु गरिएको हो ।

एन्जेलिना अर्याल, सागर थापा र अपर्ण सापकोटाको संयुक्त लगानीमा स्थापित भएको बग्गी एण्ड हर्स राईडिङ आज साँझ  ६ बजे देखि नक्सालको नारायणचौरमा रहेको तबेला रेस्टुरेन्टमा राखिने बग्गी संचालक शान्त शर्माले बताउनुभयो ।

काठमाण्डौमा पहिलोपटक सञ्चालनमा आएको हर्स राईडिङ सेवा अन्र्तगत बिशेष आर्कषणका रुपमा रात्रीकालिन हर्स राईडिङ गर्नेहरुको लागि पारिवारिक मज्जा लिदै रेस्टुरेन्टमा खानाको स्वादमा बग्गीको मनोरञ्जन लिन सकिने  सञ्चालकले जनाएका छन । बग्गी एण्ड हर्स राईडिङ अन्र्तगत काठमाण्डौका बिभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्रहरु पशुपतिनाथ, बौद्ध, स्वयम्भु लगायतका क्षेत्रका साथै पर्यटकको रुचीअनुसार उपत्यका बाहिरका क्षेत्रमा पनि घोडाबाटै जाने आउने साथै बिबाह, बर्तबन्ध   बिभिन्न सुभ कार्यमा समेत भाडामा उपलब्ध रहेको सञ्चालक एन्जेलिना अर्यालले जानकारी गराउनुभयो  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०