आईसीसीले भन्यो- एपीएल अमान्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ असार २०७४, मंगलवार ०५:५२

काठमाडौं । वैधानिकतालाई लिएर प्रतियोगिता सुरू हुनु अघिनै विवादमा तानिएर शंकास्पद रूपमा नेपाल भित्रिएको एसियन प्रिमियर लिग ९एपीएल० ट्वान्टी(२०लाई विश्व क्रिकेटको सर्वोच्च संस्था आइसीसीले अमान्य घोषित गरेको छ। फ्रेन्चाइज टोलीले प्रतिश्पर्धा गरिरहेको पीएल सोमबारदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भइरहेको छ। यो खबर बिनोद पाण्डेले आजको कान्तिपुरमा लेखेका छन्।

प्रतियोगितामा इन्डियन स्टार्स, नेपाल स्ट्रोम, बंगालदेश टाइगर्स, अफगानिस्तान बुल्स, श्रीलंकन लायन्स र दुबई वारियर्सले फ्रेन्चाइज टोलीको रूपमा प्रतिश्पर्धा गर्दैछन्। भारतको चण्डीगढस्थित अल्टिमेट स्पोर्ट म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगिताका सबै खेलको भारतीय टेलिभिजन च्यानल सोनी सिक्सले प्रत्यक्ष प्रशारण गरिरहेको छ।

जुलाई ११ मा नेपाली सञ्चार माध्यमलाई बोलाउँदै एकाएक एपिएलको लन्ज गरिएको थियो। त्यसको भोलिपल्ट आइसीसीका सिनियर क्रिकेट अप्रेसन म्यानेजर क्लाइभ हिचककले आफ्ना सदस्य राष्ट्रलाई लेखेको पत्रमा भनिएको छ,‘ आइसीसी कार्यक्रम स्वीकृति नीति अन्तर्गत यो एपिएल नपर्ने जानकारी गराउँछौ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१