बोष्टर मिडिया र जया मल्टिपल क्याम्पसको संयुक्त आयोजनामा असार १५ मा रोपाइँ गरेर धान दिवस मनाउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ असार २०७४, सोमबार १९:१३

काठमाडौं,१२ असार  । बोष्टर मिडिया र जया मल्टिपल क्याम्पसको संयुक्त आयोजनामा  यो वर्ष पनि असार १५ गते रोपाइँ गर्दै धान दिवस मनाउने भएको छ । बोष्टर मिडिया र जया मल्टिपल क्याम्पसले गाउँमा कृषि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विगत २  वर्षदेखि यो दिवस मनाउँदै आईरहेको छ ।

यो बर्षको धान दिवस गोकर्नेश्वर माकलबारीमा  मनाइने बोष्टर मिडियाको अध्यक्ष मुकुन्द ढुंगानाले  बताउनु भयो  । ‘यो ठाउ  पर्यटकीय हिसावले समेत महत्वपूर्ण छ।

कार्यक्रममा स्थानीय संस्कृतिका कार्यक्रम पन्चे बाजा सहित बग्गीको साभार गर्नुका साथै दहीचिउरा खाने कार्यक्रम रहेको जया मल्टिपल क्याम्पसका क्याम्पस प्रमुख भवानी प्रसाद पौडेलले बताउनुभयो ।  सरकारले गाँउ पर्यटनलाई महत्व दिनु पर्नेमा ध्यानै नदिएकोले यस्ता कार्यक्रम गर्नुपरेको पौडेलले बताए ।

गएको साल यसरि मनाएको थियो धान रोपाइँ हेर्नुस :

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१