निशुल्क स्वास्थ्य परिक्षण : अधिकाशं ज्येष्ठ नागरिकमा अल्जाईमर्सको समस्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ असार २०७४, शुक्रबार ०६:२६

काठमाण्डौ । उमेरले चार बिस कटीसकेकी आमा । सेताम्मै फुलेको कपाल । उठन बस्न पनि गारो । हिडदा पनि निकै अपठयारो, समातेर हिडाउनु पर्ने । चिलाएर शरिरमा घाउ नै बनाईसकेकी । काठमाण्डौको इमाडोल घर बताउने शिव कुमारी थापा लायन्स क्लब अफ काठमाण्डौ रेसुंगाले काठमाण्डौको शान्तिँनगर स्थित निशहाय सेवा आश्रममा आयोजना गरेको जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण शिबिरमा निकै उत्साहित देखिनु हुन्थ्यो ।
आमाले भन्नुभयो खुही लागेको छ । डाक्टरले जाचेर औषधी दिनु भएको छ । खाने केलाा भए पछि यहि नानीले खान दिनुहुन्छ । दम छ ,हातगोडा चिलाउछ ।पहिले देखि नै ढाड उठदैन । प्रेशर पनि छ भन्नुहुन्छ डाक्टरले । भर्खरै भनेको कुरा भर्खरै बिर्सन्छु । आश्रममा आउनु पहिले केही हुदैनथ्यो । आखाभरि आसु लिएर आमाले भन्नुभयो, १ बर्ष भयो यहा आएको । यहा आएपछि बिमार बढेको छ नानी ।
थापा सगै स्वास्थ्य परिक्षणका क्रममा भेटिएकी बिगत ९ बर्ष देखि आश्रममा आश्रित ओखलढुगां घर बताउने बर्ष ७९ की गाायत्री काप्लेको समस्या पनि उस्तै छ । गायत्री आमा भन्ुहुन्छ , शरिर चिलाउछ , हिडडुल गर्न सक्दिन । रातभरि निद्रा लाग्दैन । पैसा नतिरिकन जाच गराउन पाउदा धेरै खुशी लागेको छ ।
डाक्टरले चिन्ता नलिन भन्नु भएको छ । चिन्ता नलिने भने पनि के के कुरा मनमा खेल्छ नानी । बिर्सन्छु भने पनि सकिदैन । कुराकानी कै क्रममा टिलपिल आसुले आखाका डिल भरिएका थिए । त्यसपछि केहि बोल्न सक्नु भएन गायत्री आमा ।

पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानका ज्ेयष्ठ नागरिक रोग तथा अल्जाईमर्स बिशेषज्ञ डा रमेश खरेल, पाटन अस्पताल कै फिजिसियन डा.नमराज रानाभाट ,बिर अस्पतालका स्टाफ नर्स भावना कडेल ,मेरिडिय अस्पताल महाराजगजंका रेडियोग्राफी ईच्छा खनाल लगायतको टोलीले स्वास्थ्य परिक्षण गरेको हो।
जेष्ठ नागरिक रोग तथा अल्जाईमर्स रोग बिशेषज्ञ डा रमेश कण्डेलले बिशेष गरि उच्च रक्तचाप , शरिर चिलाउने ,पेट पोल्ने ग्यासटिक , दमको समस्या, पिसाब चुहिने समस्या , मुटुको रोगी ,निद्रा नलाग्ने समस्या देखिएको बताउनुहुन्छ ।
कण्डेल भन्नुहुन्छ , स्वास्थ्य परिक्षण गर्न आउने अधिकाशं जेष्ठ नागरिकमा अल्जाईमर्सको समस्या देखिएको छ । शुरुवातको अवस्थामा बिस्तारै कुुराहरु बिर्सदै जाने , मान्छे र स्थानका नामहरु बिर्सदै जाने ,तत्काल गरेका कामहरु समेत बिर्सदै जाने जस्ता लक्षणहरु यो रोगमा देखिन्छन ।
बुढयौली सगैं मस्तिष्कमा बिभिन्न रसायनहरु मध्ेय एसिटाईल कोलिन भन्ने रसायनको कमिले स्नायुहरुमा हुने क्षतिका कारण यो रोग लाग्ने गर्दछ । यो रोगका बिरामीलाई डिपे्रशन हुने डाक्टर कण्डेल बताउनुहुन्छ । उहा भन्नुहुन्छ , बिशेष गरि घर परिवारबाट अपहेलित भएर आश्रममा आश्रय लिनु भएका ज्येष्ठ नागरिकमा डिप्रेशनको समस्या देखिएको छ । अल्जाईमर्सका बिरामीलाई डिपे्रशन हुने कडेलको भनाई छ।
लायन बर्ष २०१६÷१७ को पहिलो कार्यक्रम सोही बृद्ध आश्रम बाट बृद्ध बुवालाई आमाका आशिर्बाद लिएर शुरु गरेको थियो । त्यसै गरि क्लबले यो बर्षको अन्तिम कार्यक्रम पनि सोही आश्रममा गरेको क्लबका अध्यक्ष बिष्णु कुमारी कडेलले जानकारी दिनुभयो ।लायन्सको नियम अनुसार लायनको कार्यक्रम जुलाई १ देखि शुरु भएर जुन ३० मा सकिन्छ । कार्यकाल १ बर्षको हुन्छ ।
साथै सो अवसरमा ५५ देखि ९० बर्ष सम्मका ६४ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०