त्यस्तो नर्कमा पुगेँ, जहा मलाई जन्नत देखाईदिने आश्वासन थियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ असार २०७४, शुक्रबार ०६:१२

मितीः २३ फ्रेवुअरी २०१७
स्थानः दिल्ली जिबि रोड, रेडलाईट एरीया
पात्रहरुः पत्रकार मातृका पौडेल, एनजिओकर्मी सन्तोष सेढाई र म ।

मुटु ढक्क फुल्यो, घरमा बुढि संझीए, अगाडि १३–१४ बर्ष देखी ४०–५० बर्ष सम्मका महिलाहरु श्रृंगारमा छोपिएर ग्राहक तर्फ छरीएका थिए । त्यस्तो अध्यारो गल्ली र भ¥यांग चढेर त्यहा पुगेकाले म स्यास्या गर्दै थिए, दृष्य बिल्कुल चलचित्रका झै, एउटी अधबैसे महिला आएर मलाई चपाउला झै गर्दै भनि “ए मेरे कस्मीरी सेउ, आजा यहा पे, जन्नत दिखाँदु!”

कुनै चलचित्रको संवाद जस्तै लाग्छन तर यो संबाद हामिले सुन्यौं यी दृष्यहरु सहितका नांगा सत्य हामिले देख्यौं नांगा आखाले, दिल्लीको जिबि रोड स्थीत रेडलाईट एरीया अनि यस एरीयामा बस्ने, काम गर्ने या वस्न र यौनकर्म गर्न बाध्य पारीएका र अभ्यस्त पारीएकाहरुको पसलको जिन्दगी ।

पुर्वयोजनाः
दिल्लीको करोलबागमा बेचविखन प्रभावीतको उद्धार र स्वदेशफीर्ती नियमावलीको दस्तावेज तयार पार्नका लागी दिल्ली स्थीत नेपाली दुतावास, सहितको सरकारी टोली, गैरसरकारी टोली, भारतिय सरोकारवाला निकाय संगको कार्यशाला सकियो हामि नेपालकै योजना मुतावीक आफ्ना योजना सफल बनाउन छलफलमा जुट्दै थियौं, अघिल्लो दिन देखिनै । मातृका पौडेल, अनलाईन खबरका सम्पादक तथा शक्ति समूहका प्रेश सल्लाहकार, आफ्ना सालोको बिहे छाडेरै भएपनि यो ईस्युमा प्रतिवद्ध सञ्चारकर्मी, सन्तोस सेढाई उद्धारकार्यमा सहयोगी पात्र जसले धेरै पटक प्रहरीको साथमा बिभिन्न कोठिबाट बेचविखन प्रभावित महिला तथा बालीकाहरुलाई उद्धार समेत गरेका छन, ….र म एउटा सञ्चारकर्मी तथा मानव बेचविखन बिरुद्धको यो अभियानको सहयात्री ।
मातृका सर र सन्तोष जी संगको हाम्रो छलफल चल्यो र कोठि भित्र कसरी छिर्ने रणनिती पनि एकपछि अर्को बुन्दै गयौं, सुनिता दिदि –शक्ति समुहका संस्थापक सदस्य) र दिलिप सर (वकिल साप)ले हुन सक्ने सम्भाब्य जटीलता बारे सम्झाए हामिलाई । हामि मनमनै एकदमै तयार र सजग थियौं । हाम्रो उदेस्य चलचित्रमा मात्र देखिएको र केहि उद्धार कार्यमा समावेस हुने व्यक्तिले भनेको मात्र सुनेको यौनसालाको वर्तमान अवस्था बुझ्नु मात्र थिएन, कतिपयले बेचविखन रोकीईसक्यो कोठिमा अव नेपाली महिला तथा बालीकाहरुको बेचवीखन हुन्न भनेकाले पनि यसको सत्य तथ्य जान्नु थियो र उद्धारका नया रणनिती बनाउन सहयोग गर्नु पनि थियो ।

नर्कको यात्राः
दिउसोको कार्यसाला सकियो, अव पालो थियो योजना मुताविक दिल्लीको मान्छे बेचिने भनेर नाम चलेको जिबि रोड स्थीत बिभिन्न कोठिहरुमा जाने तर कार्य सोचे जतिको सहज कहा थियो र ? हामि कुनै संस्थाको परीचय या पत्रकारका रुपमा जाने सोच्नु मात्र पनि मृत्युलाई निम्तो दिनु भन्दा कम हुदैन थ्यो, यो हविगत पैल्यै हाम्रा केही साथिहरुले भोगिसकेको कुरा सुनिता दिदिको मुखबाट सुनि सकेका थियौ । सरकारी यपसचिव सहितको हाम्रो टोलि अटोमा बाहिरी आवारण नियाल्न जिबि रोड तिर लम्कीयो अनि हामि नडराएको र आत्मविस्वासी अभिनय गर्दै तिन भाई आफुलाई यौनशालामा जाने ग्राहकको रुपमा प्रस्तुत गराउदै लाग्यौ जिबि रोड, जो अंग्रेजको पाला देखि नै आफुलाई नामुद बनाएर अडिग थियो मान्छेको बजारमा ।
बाटो कता बाट कता लाग्यो केहि याद भएन, मातृका सर अटोको एक छेउमा म अर्को छेउ र बिचमा सन्तोष जी, सडक भरी हर्न बजे भन्दा ठुलो स्वरमा मनमा ढ्यांग्रो नबजेको त कहा हो र तर एक अर्काका (हामी दुईका) मनका ढ्यांग्रो अरुलाई सुन्न दिएनौं हामिले । जिबि रोड छिर्ने बित्तिकै एउटा अन्दाजी सत्र अठार बर्षको चिम्से किसोर अटोमा झुण्डिन आईलाग्यो ।
“भट्याक….भट्याक” मुटु हतारीदै थियो, लाग्दै थियो आज मुटुले सबै रगत बाहिर फ्याक्ने छ र आफु पहेलीने छ अनुहार झै तैपनि च्वीगम चवाईरहें ।
“आजाओ साब, अच्छी अच्छी माल दिखाता हुँ, खोली न ….” मैले कोठि नम्बर बिर्सेँ मातृका सरले के भन्नु भो सुनिन तर मित्र सन्तोषले हामि नियमित आईरहने हो तल झर भने रुखो हिन्दी भाषामै । कतै अटोवालाले हाम्रो वास्तविकता खोल्दीने हो कि झिनो डर पनि थियो भने अर्का तर्फ मनमा गन्तव्यमा पुग्ने लालसा झनै झ्यांगीएको थियो । अटो रोक्यो, हामि सिधै खोली नं ५६ मा छि¥यौं, सडक अनि सडकको छेवैमा पान गटखा तथा जुसका ठेले र घुम्ती पसलहरु त्यस भित्र छर मुनि पेटिबाट आवत जावत भुईँ तल्लामा हार्डवेयर लगायतका पसल र माथिल्लो तलामा फलामको ग्रील भएका झ्यालहरु कुनै झ्यालबाट बाहिर हेरीरहेका केहि महिला पात्रहरु देखिन्थे यद्दपी हामीले टाउको ठड्याएर हेर्ने आट गरीहालेनौं ।

म सबै भन्दा पछि लागें, हातमा सल्केको चुरोट बोकेर तथा चुईगम चपाउदै सबै भन्दा पछि पछि लुरुलुरु । भ¥याङ फोहोर पान र गुटखाले बिजोगी देखिन्थ्यो । पुरानो टायलहरु फुटिसकेका र चर्केका थिए, पाईला बढ्दै थियो । साघुँरो भ¥याङका मोड मोडमा बृद्ध रोगी महिलाहरु माग्न बसेका थिए, मैले अनुमान गरें, सायद कोठिबाट रिटायर भए पछि यो हवीगत हुन्छ होला जो वहि रहे । पहिलो तल्लामा अधवैसें महिलाहरु देखिए । हामीलाई आकर्षीत गर्न होला सायद केहिले केहि दोहोरो अर्थ लाग्ने भाषा र अदाले हामीलाई बोलाउदै थिए तर हामी अधेरो र साघुरो भ¥याङ हुदै सायद चार पाँच तला पुग्यौं । सायद ग्राहक आउने मध्य समय नभएकाले होला कोहि सरसफाईमा व्यस्त थिए भने कोहि मेकअपमा मस्त । हामिले के महसुुस ग¥यौँ भने जति हामि माथिल्लो तल्ला चढ्दै जान्थ्यौँ, त्यती नै कम उमेरका महिला तथा किशोरीहरु देखिदै जान्थे । हामी अन्ततः माथिल्लो तल्लामा उज्यालो बिच आफुलाई पायौं, वरपर पन्द्र बिस जति महिला तथा किशोरीहरु थिए, कोहि उभिएका, कोई बसेका कोई लिपिस्टिक पाउडर लाउदैं । हामी कोई एक अर्काका बिच बोलेनौं, हाम्रो योजना त थिएन त्यस्तो तर बोल्ने आँट पनि आएन । मुटु ढक्क फुल्यो, घरमा बुढि संझीए, अगाडि १३–१४ बर्ष देखी ४०–५० बर्ष सम्मका महिलाहरु श्रृंगारमा छोपिएर ग्राहक तर्फ छरीएका थिए । त्यस्तो अध्यारो गल्ली र भ¥यांग चढेर त्यहा पुगेकाले म स्यास्या गर्दै थिए, दृष्य बिल्कुल चलचित्रका झै, एउटी अधबैसे महिला आएर मलाई चपाउला झै गर्दै भनि “ए मेरे कस्मीरी सेउ, आजा यहा पे, जन्नत दिखाँदु!” म नआत्तिएको अभिनय मुस्कीलले गर्दै थिएँ, नजिकै अर्को झुण्ड स्पीकरमा गित सुन्नमा व्यस्त थियो “सुन साईली परदेसबाट म आँउला….चालिस कटेसी रमाउला…” म ट्वाईलेट गएँ, भित्र पुगेर मोबाईलमा रेकर्डर अन गरेर बाहिरीए । बाहिर मात्रिका सरहरुले त्यहाको बस्तुस्थीती हेरी सक्नु भएको थियो जहा झण्डै असि प्रतिसत नेपाली थिए र त्यसका आधा भन्दा बढि जसो किशोरीहरु, तामाङ लवजमा हिन्दी बोलेको प्रष्ट हुन्थ्यो, वरीपरी बाउन्सर जस्ता देखिनेहरु पनि प्रसस्तै थिए तर को ग्राहक को त्यहाको साढेँ चिन्न मुस्कील थियो। मात्रीका सरहरु म गायव भयो भनेर हतास हुनु भएछ क्यारे त्यसपछि हामि बाहिरीयौँ त्यहाबाट, दृष्यपान गरेकै सैलीमा खुइय निस्कीयो अनायसै ।
हामी तल पुग्यौँ, ओर्लदै गर्दा एउटाले सोध्यो “क्यू पसन्द नहि आया?”
“नहि सारे सुखे पढ गए यहा तो !” मैले रेगुलर ग्राहक जसो गरी बोलें प्वाक्क ।
मात्रृका सरले अन्य–अन्यमा समेत जाने र बालीकाहरु कत्तिका छन अनुमान लाउने सोच बनाउनु भयो हामि अलि पर अर्को भ¥याङ चढेर उकालीयौं ।
कपडा बेच्नेहरु त्यहीँ, अङ्गुर बेच्ने अनि चटपटे र क्रीम पाउडर बेच्ने पनि त्यहि जाँदा रहेछन ब्यापार गर्न, सजिने सजाउने क्रम थियो, सोहि क्रमले तल्ला चढ्दै जाँदा । त्यो कोठिमा अलि धेरै नै बालिकाहरु देखिन्थे, बेन्चमा बसेका केही महिलाहरु उनिहरु संगै केहि अधवैसे(ग्राहक) पुरुषहरु माथि खोपि जस्तो सुरुङमा ओच्छ्यान (केहि त्यस्ता सुरुङ जस्ता ओच्छ्यानहरु देखिए) र केहि लम्पसार परेर सुतेका किशोरीहरु । हामि धेरैमा गयौं, उस्तै उस्तै परीदृष्यहरु पनि । ति कोठिहरुमा केहि अभ्यस्तहरु ग्राहक तान्न लालायीत थिए, केहि बालीका र किशोरीहरु पनि देखिन्थे, प्राय नेपाली जनजाती लवजका हिन्दी भाषाहरु कानमा ठोक्किरहे यताउता कल्याङमल्याङ । केहि सायद भर्खर आएकाले होला असहज र अफ्टेरो मानीरहेका बालीकाहरुलाई नजानिदो तवरले नजर फ्याक्यौं तर हामिले दोहोरो भन्दा बाहेक लामो कुराकानी गरेर आफुलाई असहज अवस्थामा पार्न चाहेनौं ।
भ¥याङ लगाईदेउ त” खोपिबाट ओर्लन खोज्दै एउटीले नेपालीमै सोधि । मात्रृका सरले र मैले नबुझेको अभिनय ग¥यौँ र सन्तोषले हरीयाणाको भाषामा (सायद) सोधे “कि होया?”
चुरो कुरोः
चुरोटको धुवाँ उडाउदै गरेकी एउटी किशोरी मुखमा नङ टोक्दै हामीलाई हेर्दै थिई त्यसैबेला छेवैमा घुँणामा मुन्टोलाएर बसेको अधबैसे महिलाले कुरा मात्र गर्ने हो कि काम पनि भनेर सोधे पछि थाहा भो त्यहा नेपाली महिलाहरु कोठि मालिक्नीको दर्जा सम्म पनि पुगीसकेका रहेछन । हामिले एकछिन मा आफु यौन सम्बन्धका लागी तयार रहने बताएर कामुक मुस्कान छाड्दै बाहिरीयौ, पाँच सात वटामा अवलोकन गरेपछि मात्रृका सरले सोध्नु भो, नया भर्खर ल्याईएका काहा छन त ?
त्यसका लागी अलग्गै घरमा उनिहरुलाई बन्दी बनाईएर यातना दिईदो रहेछ र ति बेचवीखन प्रभावीतहरु धन्दाका लागी राजी भएपछि मात्र यहा राखिदो रहेछ, अवोध र खालि दिमागमा कोठि मालिक्नीले ब्रेन वास गरेर आफु अनुकुल बनाएर कोठिमा परीचालन गर्दा रहेछन, त्यसैले नबुझीकन ग्राहकको रुपमा गएर सहायता दिन खोज्नु खतरा हुदो रहेछ । त्यहा यौनकर्मी बन्नु अघि बेचबिखन पिडित हुनुको अनुभव सबै लुकाउनै सायद बाक्लो मेकअप गराईदो रहेछ सायद ।
नेपाली संस्थाहरुले पठाएको हराएकाको रीपोटको आधारमा र यस्तै अनुगमनको आधारमा सन्तोषहरुले प्रहरीलाई बालीकाहरुको उद्धार गर्न भन्छन र उद्धार हुदोरहेछ र मिसिङ केसको वहानामा प्रहरीलाई दवाव दिएर फेला परेका बालीकाहरुलाई बाहिर ल्याईदोरहेछ । तर सुचना लिक भएर बालीकाहरु गोप्य कोठामा थुनिदाा रहेछन र कतिपटक प्रहरी र संस्थाहरुले भित्तो फोरेर निकाल्दा रहेछन ।
तर संस्थाहरुले मतलब एनजिओहरुले ???
अनि बिभिन्न सरकारै पिच्छे भारत संग संझौता हुने नेपाल भारतले उद्धार तथा स्वदेस फिर्तीका बिषयमा संझौता गरेका छन त ??
नेपाली बालिका उद्धार भएपछि सुरक्षित पुर्नस्थापना सेवाको सहजता छ त?
भाषाको कारणले सेवा लिन दिन समस्या पनि त हुदो हो ?
स्वदेसफिर्ती गर्दा बेचविखनमा परेका ती बालीकाहरुको मुख्य समस्या पत्ता नलगाई काम गर्दा कतै उद्धार र स्वदेसफिर्ती ढर्रा र देखाउनका लागी मात्र त भैरहेको छैन ?
रोक्न किन सकिन्न यहा आईपुग्न बाट ?
…..अनगीन्ति प्रश्नहरु मनमा उठ्दै फुट्दै थिए, महिला र कानुन मन्त्रालयका उपसचिव ज्युहरु सहित सुनिता दिदिहरु फर्की सक्नुभएकाले यी प्रश्न थाति राखें मनमै । मात्रृका सर एकदम आटिलो, सेल्फी खिच्ने वहानामा झ्यालमा देखिएका केहि पात्रहरुको तस्वीर लिनु भो, हामिले पनि सेल्फी लियौँ र जिबि रोडको भिडियो पनि । कसैले हाम्रो सेल्फी एन्गल देखेर सन्कास्पद पारामा मुखामुख गरेपछि हामि पनि हतारमा अटो लियौं र लाग्यौँ करोलबाग तर्फ, अघिका प्रश्नहरु साँझ संगै झन छिप्पिदै थिए ।
आशिष दुलाल
स्वतन्त्र पत्रकार (शक्ति समूहका मिडिया संयोजक)
मकवानपुर हाल काठमाण्डौं

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१