कप्तान बन्ने अपेक्षा गरिएका विराट कोहली टिममा नपरेपछि हंगामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ असार २०७४, शुक्रबार ०५:५०

एजेन्सी। च्याम्पियन्स ट्रफी सकिएसँगै इङ्ल्याण्डका पूर्व क्रिकेटर माइकल वानले आफ्नो प्लेइङ ११ टिम सार्वजनिक गरेको टिममा भारतीय टोलीका कप्तान विराट कोहली परेका छैनन् जसले गर्दा भारतिय मिडिया यतिबेला गर्माएको छ ।

विराट कोहली टिमको कप्तान बन्ने अपेक्षा गरिरहेका बेला उनी टिममै नपरेपछि हंगामा भएको हो । टिममा विराटसँगै भारतीय पूर्वकप्तान एमएस धोनी पनि नपरेको बताइएको छ ।वानले पाकिस्तानी कप्तान सरफराज अहमतलाई टिमको कप्तान बनाएका छन् ।

पाकिस्तानी टिमबाट फखर जमान टिमको पहिलो नम्बरमा छन् । उक्त टिममा भारतीय टोलीका २ ओपनर शिखर धवन र रोहित शर्मा भने परेको बताइन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०