गर्मी छल्न भारतीय पर्यटक पोखरामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०७४, बिहीबार ०६:३९

पोखरा । गर्मी बढेसँगै केही दिनयता भारतका विभिन्न स्थानबाट पर्यटकीय नगरी पोखरा आउने भारतीय पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।

भारतको विभिन्न ठाउँमा अत्यधिक गर्मी बढेपछि गर्मी छल्न भारतीय पर्यटक पोखरा आउने गरेका छन् । उनीहरुले पोखरा र त्यस आसपासको क्षेत्रको मनोरम दृश्यावलोकन गर्ने गरेका छन् । स्थलमार्गबाट निजी सवारी साधन लिएर आउने पर्यटकको सङ्ख्या अत्यधिक छ ।

नेपालको मुख्य पर्यटन बजार भारत र चीन नै हो । भारतीय पर्यटकको आगमनमा वृद्धि हुँदै गए पनि चिनियाँ पर्यटकको आमगनमा अझै वृद्धि हुनसकेको छैन । नेपाल आउने विदेशी पर्यटकमध्ये विगतमा ३० देखि ४० प्रतिशत मात्र पर्यटक पोखरा आउने गरेकोमा पछिल्लो समयमा ५० देखि ६० प्रतिशतसम्म आउने गरेका पराजुलीको भनाइ छ ।

सन् २०१६ मा सात लाख ५० हजार विदेशी पर्यटक नेपाल आएका थिए । पोखरामा पर्यटकलाई लक्षित गरी व्यवसायीले रु एक खर्बभन्दा बढी लगानी गरिसकेका छन् । पोखरामा हाल दुई वटा पाँच तारे, १४ वटा तीन तारे र अन्य पर्यटकस्तरीय करिब ४०० वटा सुविधा सम्पन्न होटल रहेका छन् ।

पछिल्लो समयमा भारतीय पर्यटक मुक्तिनाथ क्षेत्रमा आउने गरेको होटल ग्रान्ड साम्वाला मुक्तिनाथका सञ्चालक सुरज गुरुङले बताउनुभयो । भारतीय पर्यटकमध्ये केही पोखराबाट हवाईजहाजमा जोमसोम हुँदै मुक्तिनाथ पुग्ने गरेका छन् भने कतिपय स्थलमार्गबाट बेनी जोमसोम हुँदै जान्छन् । गर्मी छल्न तथा प्राकृतिक दृश्यावलोकन र धार्मिक उद्देश्यका साथ भारतीय पर्यटक यहाँ आउने गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१