फेसबुकको दुरुपयोग ब्यापक बढ्दै, लाइक बढाउन आत्महत्यादेखि बच्चालाई १५ औं तलामा झुण्डाएर गरियो लाइभ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०७४, बिहीबार ०६:३२

एजेन्सी । यो समय प्रबिधि र बिज्ञानको हो । तर समय र बिज्ञानको सही सदुपयोग गर्न नजान्दा समाज र विश्व दिनदिन गलत बाटोतिर गइरहेको लाइभ कार्यक्रममा नै प्रष्ट देखिन्छ । जसको नेतृत्व फेसबुकले गरिरहेको छ । फेसबुक आँफैले यो गल्ती नगरे पनि फेसबुक प्रयोगकर्ताले आँफुले छाटो समयमा प्रगती गरेको देखाउन र चर्चामा आउन गर्ने नराम्रा हर्कत मध्येको पछिल्लो हर्कत अल्जेरियामा देखियो ।

जहाँको एक अदालतले एक बाबुलाई आफ्नो सानो बच्चालाई फेसबुकमा लाइक पाउन झ्यालबाट झुन्डाएको आरोपमा दुई वर्षको जेल सजाय सुनाएको छ । सजाय सुनाइएका ति व्यक्तिले धेरै तला भएको भवनको माथि आफ्नो फ्ल्याटको झ्यालबाट बच्चालाई बाहिर झुन्डाउँदै तस्बिर खिचेर फेसबुक लाईकका लागि पोस्ट गरेको बिबिसीले आफ्नो सामाग्रीमा उल्लेख गरेको छ ।

बाबुले फेसबुकमा तस्विर पोस्ट गर्दै क्याम्पसन लेखेका थिए, ‘१००० लाइक्स या म यसलाई तल झारिदिउँ भन्दै १५ औं तलाको अपार्टमेन्टबाट गरिएको लाइभले अहिले चर्चासँगै विबादमा पनि तानिएको छ । यसअघि फेसबुकमा लाइभ देखाएर हत्या गरिएका प्रकरणपछि फेसबुकले लाइभ कार्यक्रममा कडाई गर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०