पूर्वप्रेमी रणवीर कपुरसँग फिल्म नखेल्ने अठोट गरिन कट्रिनाले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०७४, बिहीबार ०६:३०

एजेन्सी । बलिउड अभिनेत्री कटरीना कैफले अब रनवीर कपुरसँग कुनै फिल्म नखेल्ने बताएकी छन्। खबर अनुसार यो जोडी अब नयाँ फिल्ममा सँगै देखिने सम्भावना नै नरहेको समेत बताइन्छ ।

जग्गा जासुस’को प्रचारका लागि फेसबुकमा रनवीर र कटरीना लाइभ थिए। सोही लाइभ कार्यक्रममा एक फ्यानको प्रश्नको उत्तरमा कटरीनाले अब रनवीरसँग कुनै फिल्म नखेल्ने बताएकी हुन्।

लामो समयको प्रेम सम्बन्धमा दरार आएर ब्रेकअप भएपछि यि दुई को लामो समय बोलचाल नै बन्द भएको थियो तर अहिले जग्गा जासुसको प्रमोसनमा सगै हिडेपनि अब आगामी दिनमा सँगै फिल्ममा खेल्ने सम्भाबना नभएको बताइएको छ । अनुराग बासुले निर्देशन गरेको ‘जग्गा जासुस’ जुलाई १४ मा रिलीज हुँदैछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१