बिरामीको मृत्युपछि नागरिक अस्पताल तोडफोड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ असार २०७४, बुधबार १६:१७

भक्तपुर । उपचारका लागि आएको बिरामीको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल तनावग्रस्त बनेको छ ।

दोलखा भीमेश्वर नगरपालिका– ५ घर भई हाल गठ्ठाघर बस्दै आएकी ३८ वर्षकी उषा बस्नेतको उपचारको क्रममा हिजोराति मृत्यु भएको विषयलाई लिएर आज अस्पतालमा तोडफोड हुँदा अस्पताल क्षेत्र तनावग्रस्त बनेको हो ।

सामान्य छाती दुखेर स्वास्थ्य परीक्षण गर्न आएको बिरामीलाई गलत इन्जेक्सन दिएका कारण ज्यान गएको आरोप पीडित पक्षले लगाएका छन् ।

अस्पतालले हृदयघात का कारण बिरामीको मृत्यु भएको दाबी गरेको छ ।

अस्पतालको पक्षबाट कुनै लापरबाही नभएको दाबी गर्दै उहाँले अस्पतालको लापरबाहीले बिरामीको ज्यान गएको प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताउनुभयो ।

तोडफोडपछि अस्पतालको आकस्मिक कक्ष बन्द गराएर प्रहरीले सुरक्षा दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०