प्लाष्टिक सर्जरीका विषयमा छापिएको समाचारमा यस्तो प्रतिक्रिया दिइन् आयिशा टाकियाले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ असार २०७४, बुधबार ०७:२०

एजेन्सी । नायिका आयिशा टाकियाले आफ्ना विषयमा आएको प्लाष्टिक सर्जरीको समाचारको खण्डन गरेकी छिन् । नायिका आयिशाको एक तस्वीर सोसल मिडियामा भाइरल बन्दै प्लाष्टिक सर्जरी गरेको समाचार प्रकाशन आएर भाइरल बनेपछि उनले ती समाचारहरू बकवास भएको बताएकी छिन् ।

बीबीसीसँग कुरा गर्दै आयिशाले सन् २०१७ को शुरूआतमा एक समारोहमा आएको उक्त तस्वीरले ट्वीटर ट्रोलको सामना गर्नुपरेको र त्यो देखेर आफ्नो परिवार छक्क परेको बताइन् ।

उनले थपिन् जब यो समाचार सार्वजनिक भयो हामी सबैले एकै पटक पढ्यौँ र समाचारवालाले जे पनि गर्दा रहेछन् भन्ने निष्र्कषमा पुग्यौँ । उनले भनिन् बलिउड इष्डट्रिजमा कसैलाई पनि छोड्दैनन् यहाँ हरेक महीना कोही न कोही ट्रोलको शिकार हुनुपर्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१