गर्मिमा एउटै प्याज काफ़ी,हेर्नुस् प्याजका फाईदाहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ असार २०७४, सोमबार १९:३०

प्याजमा उल्लेख्य मात्रामा फायटोकेमकल्स, भिटामिन सि, फोलिक एसिड, डायटरी फाइबर, क्याल्सियम र फलामजस्ता पोषक तत्व हुन्छ । पोषणविद्हरुका अनुसार गर्मीका दिनहरुमा हरेक दिन कम्तिमा एउटा काँचो प्याज खानाले यसबाट प्राप्त हुने पोषक तत्वहरुका कारण कयौं स्वास्थ्यसम्बन्धी समस्याहरुबाट बच्न सकिन्छ । यस्ता छन् गर्मी मौसममा प्याज सेवन गर्दा हुने १० फाइदाहरु-

१. डिहाइड्रेसनबाट बचाउँछ
दही अथवा नौनीसँग काँचो प्याज खानाले शरीरमा आद्रता पैदा हुन्छ । यसले पानीको कमी अथवा डिहाइड्रेसनबाट बच्न सघाउँछ ।
२. गर्मीबाट बचाउँछ
काँचो प्याज खानाले शरीरको तापक्रम कायम राख्न सघाउँछ । यसबाट प्रचणड गर्मीबाट बच्न सकिन्छ ।
३. लू लाग्नबाट बच्न
लू लाग्नबाट बच्न पूरै शरीरमा र खासगरी पैतालामा प्यासको रस दल्नुपर्छ । यसबाट काफि फाइदा लिन सकिन्छ ।
४. रिंगटा लाग्नबाट बच्न
गर्मीमा रिंगटा लाग्ने समस्या अत्यधिक हुन्छ । प्याजको रस कागती र पुदिनाको रससँग मिलाएर पिउनाले रिंगटा लाग्ने समस्याबाट राहत पाउन सकिन्छ ।
५. नाकबाट रगत आउने समस्याबाट बच्न
प्रचण्ड गर्मीका कारण नाकबाट रगत बग्ने समस्या हुन्छ । रगत आएको बेला काँचो प्याज सुँघ्नाले यो समस्याबाट केही रात मिल्छ ।
६. पिसाब पोल्ने समस्याबाट बच्न
प्याजको रस पानीमा मिलाएर पिउनाले गर्मीका कारण हुने पिसाब पोल्ने समस्याबाट राहत पाउन सकिन्छ ।
७. घमौराबाट बच्न
पानीमा प्याको रस र चिनी घोलेर पिउनाले घमौराबाट बच्न सकिन्छ ।
८. कब्जियत
गर्भीमा प्रायः कब्जियत हुने सम्भावना बढी हुन्छ । सलादमा काँचो प्याज खानाले कब्जियतको समस्या समाधान हुन्छ ।
९. चाँया
टाउको छाला सुख्खा हुने र चाँया पर्ने समस्या गर्मीमा अत्यधिक देखिन्छ । प्याजको रस शिरमा लगाएर सफा पानीले टाउको पखाल्दा राहत मिल्दछ ।
१०. अरुचि
गर्मीमा भोक कम लाग्छ । काँचो प्याजमा कालो नुन र फ्राइ गरेको जिरा राखेर खानाले भोक लाग्दछ ।
‍- एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१