५०० किलो सुनले बनेको विश्वको सबैभन्दा महँगो कार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ असार २०७४, सोमबार ०६:००
विश्वको सबैभन्दा महँगो कार कस्तो होला भन्ने धेरैलाई जान्ने इच्छा हुन सक्छ। विश्वको सबैभन्दा महँगो कार इटालियन कम्पनी ल्यामबोर्गिनीको हो जसमा ५ सय केजी सुन र २५ किलो मूल्यवान् धातुहरुले बनेको छ।
सुनले बनेको यस कारको मूल्य बिएमडब्लुको सिरिज १ का १ हजार ५ सय कारहरु बराबर छ। बिएमडब्लुको सिरिज १ को एक कारको मूल्य करिब ५० लाख रुपैयाँ छ। यानी यो कारको मूल्य ७.५ मिलियन अमेरिकी डलर (करिब ८० करोड २५ लाख रुपैयाँ) छ। ल्यामबोर्गिनीको यो कारलाई ‘एभेन्टाडोर एलपी ७००-४’ नाम दिइएको छ। यस कारमा कार्बन फाइबरको प्रयोग गरिएको छ जसमा सुनको जलप लगाइएको छ। यसको डिजाइन जर्मन मेकानिकल इन्जिनियर रोबर्ट गल्पेनले डिजाइन गरेका हुन्।
 यो विश्वकै महँगो कार मात्र नभएर सबैभन्दा सुरक्षित कार पनि मानिएको छ। यसमा बुलेट प्रुफ विन्डोज र लक्जरी लोगो दिइएको छ। यस कारमा भी १२ इन्जिन दिइएको छ जसले ७०० बीएचपीको शक्ति उत्सर्जन गर्छ। यो कार  २.९ सेकेन्डमा ० देखि १ सय किमिको गति लिन सक्षम भएको जनाइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०