रक्सि / बियर लाग्यो? कसरि हटाउने त ह्याङओभर?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ असार २०७४, सोमबार ०५:५४
पिउन थालेपछि  थपेको थप्यै गर्न मन लाग्ने र भोलिपल्ट ह्याङओभर भएपछि ‘धेरै भयो’ भनेर निकै मान्छे पछुताउँछन्। नियमित सेवन गर्न भन्दा कहिलेकाहिँ मात्रै गर्नेलाई भोलिपल्टसम्म ह्याङओभरग्रस्त बनाउँछ। जसले काम समेत प्रभावित पार्छ। यस्तो अवस्था निम्न खानेकुरा खाँदा ह्याङओभर हट्छ।
अण्डा
अण्डामा एमिनो एसिड हुन्छ जसले ह्याङओभरग्रस्त शरीरमा रहेका टक्सिनलाई कम गर्छ । अण्डामा प्रचुर मात्रामा पाइने भिटामिन बी पनि ह्याङओभर हटाउन उपयोगी हुन्छ।
नरिवलको पानी
ह्याङओभर भएको बेला शरीरमा पानीको मात्रा एकदमै कम हुन्छ। यस्तोमा प्रशस्त पानी पिउनु राम्रो हुन्छ। नरिवलको पानी पाइयो भने झन् काइदा हुन्छ। यसमा चिनीको मात्रा कम र इलेक्ट्रोलाइट्सलगायत खनिज प्रशस्त हुन्छन्। यसले ह्याङ भएको शरीरलाई राहत दिन्छ।
अदुवा
ह्याङओभर भएको बेलामा अदुवाको टुक्रो लाभदायी हुन्छ।
गोलभेँडा
ह्याङओभर भएको बेला शरीरमा ग्लुकोजको मात्रा कम हुने भएकाले आलस्य र कमजोरी हुन्छ। यस्तोमा एक ग्लास गोलभेँडाको जुस खानाले शरीरमा चिनीको मात्रा सन्तुलनमा आउँछ। यसले पेटलाई पनि शीतल गर्छ।
केरा
ह्याङओभरमा शरीरको पोटासियम कम भएको हुन्छ। पोटासियम कम हुँदा मांसपेशी कमजोर हुने, जीउ दुख्ने, रक्तचाप बढ्ने आदि हुन्छ। त्यसैले ह्याङओभर भएको बेलामा केरा खानुहोस्। यसमा पोटासियमको मात्रा उच्च हुन्छ।
कुरिलो
कुरिलोमा अल्कोहल काट्ने तत्व हुन्छ। त्यसैले मदिरा खानुअघि र भोलिपल्ट पनि कुरिलोको तरकारी अथवा अचार खानु फाइदाजनक हुन्छ।
हर्बल टी
कफी अथवा चियाको लत भएकालाई ह्याङओभर भयो भने उनीहरूले हर्बल टी खानु राम्रो हुन्छ। यसले शरीरमा पानीको मात्रा घटाउँदैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१