अनौठो मन्दिर, जहाँ भगवानको होइन स्तनको पुजा हुन्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ असार २०७४, सोमबार ०५:५०
विश्वमा अनेक प्रकारका मन्दिरहरु छन्। नेपालमा पनि विभिन्न थरीका मन्दिर तथा शक्तिपिठहरु रहेका छन्। कोही पहाडमा छन् त कोही नदिको बीचमा समेत। शक्तिपिठहरुमा देवी देवताका विभिन्न विशेष अंगहरुको समेत पूजा हुन्छ। जापानमा एउटा यस्तो मन्दिर छ जहाँ भगवानको होइन स्तनको पुजा हुन्छ।उक्त मन्दिर स्तनकी देवी छिछिगमिसमको नामले चिनिन्छ । यो मन्दिरमा वर्षौँदेखि स्तनको पुजा हुँदै आएको छ।
मन्दिरमा जहाँतहीँ स्तनका प्रतिकस्वरुप मूर्तिहरु राखिएको छ। मन्दिरमा फूलपाति अक्षताको साटो मानिसहरु स्तनका डमीहरु चढाउँछन् र वर माग्दछन्। कपडा तथा कपासबाट बनेका स्तनले मन्दिर सजिएको छ। रोचक त के भने यो मन्दिरमा सुरक्षित गर्भाधारण तथा स्तन क्यान्सरबाट बचावटको कामना सहित स्तनको पुजा गर्ने गरिन्छ । यो मन्दिरमा स्तन पुजा गर्नाले महिलाका विभिन्न खाले यौनरोगहरुबाट मुक्ति मिल्ने विश्वास गरिन्छ।
वाकायामा सहरका एक डाक्टरले स्तन क्यान्सर पीडित आफ्नी श्रीमतीको रोग निको होस् भनी उक्त मन्दिरमा स्तनको प्रतिमूर्ति चढाएर पुजा गरेका र पुजापछि उनकी श्रीमतीको रोग निको भएको भन्ने किम्बदन्तीका आधारमा मन्दिरमा स्तनको पुजा हुने गरेको बताइन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१