शीघ्र वीर्य स्खलन समस्याको समाधान गर्ने ७ तरीकाहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ असार २०७४, सोमबार ०५:४७
यदि तपाई शीघ्र वीर्य स्खलन हुने समस्या बाट पिडित हुनुहुन्छ भने अब धेरै चिन्ता नलिनुस् । हामि तपाईलाई यसै बिषयमा – डा. राजेन्द्र भद्राजी ले दिनु भएको समधानका उपायहरु यहाँ प्रस्तुत गर्दैछौ। यो लेख हामीले कान्तिपुर साप्ताहिक बाट साभार गरेका हौ।
तपाईंलाई थाहै हुनुपर्छ, प्राय: सबैजसो पुरुषले आफ्नो जीवनको कुनै न कुनै समयमा वीर्य स्खलन छिटो भएको अनुभव गरेका हुन्छन्। अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्य स्खलन भए त्यसलाई शीघ्र स्खलन मान्न थालिएको छ। घर्षण नै गर्न नपाई योनिमा लिंग प्रवेश गराउनासाथ वा गराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो। कतिपयले सामान्य समय–सीमामै वीर्य स्खलन भए पनि चाँडो भएको मान्छन् भने कसैले धेरै समय लागे पनि त्यसलाई सामान्य मान्न सक्छन्। महिलालाई यौन चरमसुख प्राप्त गर्न एकदमै धेरै समय लाग्ने अवस्थामा पनि सामान्य समयमै भएको भए पनि पुरुषको वीर्य स्खलन चाँडो भएको अनुभूति हुनसक्छ।
यसको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको मानिन्छ । कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ । आफ्नो यौनजोडीलाई सन्तुष्ट तुल्याउन सक्दिनँ कि भन्ने चिन्ता भए त्यसले समस्यालाई थप चर्काउँछ । विरलै भए पनि केही औषधीको प्रयोगले यस्तो समस्या सिर्जना गरेको त होइन भनेर केलाउन पनि बिर्सनु हुँदैन ।
आक्कल–झुक्कल शीघ्र स्लखन हुनु अस्वाभाविक होइन। त्यसैले यस्तो स्थितिमा खासै चिन्ता गर्नु आवश्यक छैन। धेरै चिन्ता गर्दा समस्या अझ बढ्न सक्छ । शीघ्र स्खलनको समस्या नियमित देखापर्न थाल्यो भनेचाहिँ समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्या कम गर्न आफैंले गर्न सकिने केही उपाय छन्।
१. यौनसम्पर्कका क्रममा स्खलन होलाजस्तो भए तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर केही बेर यौन क्रीडा नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने।
२. लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथि बसेर सक्रिय भै यौनसम्पर्क गर्दा शीघ्र स्खलन कम गर्न मदत मिल्छ।
३. यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिंगको फेदलाई बेस्सरी अँठयाउने र वीर्य स्खलन हुन नदिने। केही बेरमा उत्तेजना कम भए पछि पुन:सुरु गर्ने।
४. कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो कन्डमले बढी फाइदा पुर्‍याउँछ।
५. पिसाब आउँदा रोक्न प्रयोग हुने मांसपेशीको कसरत गरेर वीर्य स्खलन रोक्ने अभ्यास गर्दा पनि फाइदा मिल्छ।
६. अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्प्रेहरू पनि उपलब्ध छन्। Benzocaine तथा Lidocaine जस्ता औषधी भएका यस्ता उत्पादन लिंगमा प्रयोग गर्दा शीघ्र स्खलनलाई कम गर्न मद्दत पुग्छ।
७. दीर्घकालिन उपचारका लागि हस्तमैथुनमा जस्तै उत्तेजित लिंग चलाउने र वीर्य स्खलन होला जस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुन: हस्तमैथुन सुरु गर्ने तथा वीर्य स्खलन होला जस्तो भएपछि रोक्ने र यो प्रक्रियालाई दोहार्‍याउने। वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नी श्रीमती (यौन साथी) सँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौनसम्पर्क भने नगर्ने। वीर्य स्खलन होला जस्तो भए उक्त क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुन: सुरु गर्ने अनि बिस्तारै–बिस्तारै यौन क्रियाकपाललाई अघि बढाउने। यो प्रक्रियामा पर्याप्त समय र धैर्यता आवश्यक भए पनि वीर्य स्खलन नियन्त्रणमा यो अभ्यास निकै लाभदायक सावित हुन सक्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१